तेस्रो प्रयासमा विश्वप्रकाशको ‘शानदार’ जित

तेस्रो प्रयासमा विश्वप्रकाशको ‘शानदार’ जित

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेकपा एमालेका अग्नि खरेललाई पराजित गरेर शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यसअघि दुईपटक हार बेहोरिसकेका शर्मा तेस्रो प्रयासमा शानदार जित निकालेका छन्।

शर्माले ३९ हजार ६२४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन्।

उनीहरूबीचको मतान्तर १४ हजार ७७ रहेको छ।

पूर्वमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य खरेललाई पराजित गरेर शर्मा शर्मा संसदीय राजनीतिमा प्रवेश गरेका छन्।

संसदीय राजनीतिको अनुभव बटुलिसकेका खरेलसँग शर्माको प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको थियो।

नेविसंघबाट राजनीति सुरू गरेका शर्मा २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बने। त्यसलगत्तै पार्टी राजनीति गर्न झापा पुगेका उनी जिल्ला सभापतिमा पराजित भए।

२०७० सालमा भएको पहिलो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट उनी पराजित भए।

संविधानसभा निर्वाचनमा उनलाई एमालेका रवीन कोइराला र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी केन्द्रका राम कार्कीबाट पराजय बेहोर्नुप¥यो।

तर अघिल्लोपटक अरू जिल्लाबाट गएर त्यो क्षेत्रमा चुनाव जितेका कार्की यसपालि कांग्रेस महामन्त्री शर्माको ‘सारथी’ बनेर हिँडिरहे।


Leave a Reply

Your email address will not be published.