एमाले महासचिव पोखरेल पराजित

एमाले महासचिव पोखरेल पराजित

काठमाडौं- दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार तथा महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पछि पार्दै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी छिन्।

रेखाले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका हुन्। रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन्।

यहाँ रेखा सत्ता गठबन्धनको साझा उम्मेदवार थिइन्।

पोखरेल लुम्बिनी प्रदेशको पुर्व मुख्य मन्त्री हुन्।


Leave a Reply

Your email address will not be published.