आइएमई पे र मेरो किरानावीच सम्झौता

आइएमई पे र मेरो किरानावीच सम्झौता

काठमाडौँ । आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ।

मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरिएको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू. ३०० सम्म) प्राप्त गर्न सक्नेछन्।

यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू. ६०० सम्मको छुट पाउन सक्नेछन।

आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएको जनाएका छन्।


Leave a Reply

Your email address will not be published.