माधव नेपाल निर्वाचित

माधव नेपाल निर्वाचित

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा गुप्ताले २६ हजार ५२२ मत ल्याएका छन्।

२०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका नेपाल यसपालि गृहजिल्ला रौतहटबाट चुनाव लडेका थिए।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर उनी रौतहट १ बाट चुनाव लडेका हुन्।

 


Leave a Reply

Your email address will not be published.