मकवानपुर–१ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित

मकवानपुर–१ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित

काठमाडौं- राप्रपाका नेता दिपकबहादुर सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना) लाई पराजित गरेर सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

सिंहले २७ हजार ८१६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी डिनाले २५ हजार ४२३ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेकपा एमालेको चुनाव चिह्न लिएर चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत ल्याएर तेस्रो भएका छन्।

 


Leave a Reply

Your email address will not be published.