प्रदीप गिरीले चुनाव जितेको क्षेत्रबाट एमालेका रामशंकर निर्वाचित

प्रदीप गिरीले चुनाव जितेको क्षेत्रबाट एमालेका रामशंकर निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको निर्वाचन क्षेत्र सिरहा–१ बाट नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।

यादव २९ हजार ४६२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार पद्मनारायण चौधरीलाई पराजित गरेका छन्। चौधरीले २७ हजार ३७९ मत ल्याएका छन्।

२०७४ सालको निर्वाचनमा त्यो क्षेत्रबाट प्रदीप गिरी निर्वाचित भएका थिए। त्यो निर्वाचनमा गिरी सिरहाको ४ निर्वाचन क्षेत्रमध्ये कांग्रेसबाट जित्ने एक्ला उम्मेदवार थिए।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर चुनाव लडेको त्यो निर्वाचनमा उनले एमालेका उम्मेदवार गंगाप्रसाद यादवलाई पराजित गरेका थिए।

गिरीले २३ हजार ९५१ मत ल्याउँदा एमाले उम्मेदवार गंगाप्रसाद यादवको २१ हजार ३७१ मत थियो।

त्यस्तै राजपा र संघीय समाजवादी फोरमको गठबन्धनका तर्फबाट चुनाव लडेका फोरमका राजलाल यादवले १३ हजार ३५१ मत ल्याएका थिए।

सिरहा–१ बाट गिरीकी भाइबुहारी सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दिए पनि ५०२ मत ल्याएर चौथौं स्थानमा समेटिकएकी छन्।

६ हजार ८४९ मत ल्याएर जनमत पार्टीका युगलकिशोर साह तेस्रो भएका छन्।


Leave a Reply

Your email address will not be published.