कांग्रेसका नागेन्द्रलाई पराजित गर्दै अमरेस निर्वाचित

कांग्रेसका नागेन्द्रलाई पराजित गर्दै अमरेस निर्वाचित

काठमाडौं- सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका नागेन्द्र कुमारलाई पराजित गर्दै सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अमरेशले २० हजार १७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नागेन्द्रले १८ हजार २५२ मत पाएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएकी मधुमालाकुमारी यादव १४ हजार ६२२ मत ल्याएर तेस्रो हुँदा जसपाका राकेशकुमार मिश्रले ३ हजार ८१ मत ल्याएर चौथौं भएका छन्।

२०७४ सालको निर्वाचनमा २९ हजार ६७५ मत ल्याएर अमरेश त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यो बेला उनले तत्कालीन राजपाका राकेशकुमार मिश्रलाई पराजित गरेका थिए।

त्यसअघि २०७० सालको निर्वाचन पनि उनले सर्लाही क्षेत्र नम्बर ४ बाटै जितेका थिए।

यसपालि जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव लडेका मिश्र चौथौं भएका छन्।

अमरेश नेपाली कांग्रेसको १४ औं महाधिवेशनकै बेलादेखि पार्टीको जिल्ला राजनीतिको घेराबन्दीमा परेका थिए। महाधिवेशन प्रतिनिधिसमेत बन्नबाट रोकिएका उनी टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

 


Leave a Reply

Your email address will not be published.