धनुषा–२ मा कांग्रेसका रामकृष्ण निर्वाचित

धनुषा–२ मा कांग्रेसका रामकृष्ण निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसका नेता रामकृष्ण यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका उमाशंकर अरगरियालाई १५७ मतले पराजित गरेका छन्।

शुक्रबार बिहान सार्वजनिक मतगणनाको अन्तिम परिणामअनुसार रामकृष्णले २० हजार ११२ मत ल्याउँदा उमाशंकरले १९हजार ९५५मत प्राप्त गरेका छन्।

२०७४ सालको निर्वाचनमा तत्तकालीन संघीय समाजवादी फोरमबाट प्रतिस्पर्धा गरेका उमाशंकरले कांग्रेस नेता रामकृष्णलाई पराजित गरेका थिए।

दल विभाजनका बेला उमाशंकर जसपा छाडेर लोसपातिर बसेका थिए। उनी प्रतिनिधिसभा निर्वाचनअघि लोसपा छाडेर एमाले प्रवेश गरेका थिए।

अरू ठाउँमा गठबन्धन भए पनि धनुषा–२ मा घटक दलहरूले मित्रवत प्रतिस्पर्धामा उत्रिएका थिए।

यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का रामचन्द्र झा र एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका आनन्द यादव (गंगाराम) पनि चुनाव लडेका थिए।

मतगणनाको परिणामअनुसार एकीकृत समाजवादीका झाले १३ हजार ६०५ र जसपाका आनन्दले १२ हजार ९०१ मत प्राप्त गरेका छन्।

 


Leave a Reply

Your email address will not be published.