जसपा मधेस प्रदेस अध्यक्ष रामबाबुलाई पराजित गर्दैै एमालेकी ज्वाला निर्वाचित

जसपा मधेस प्रदेस अध्यक्ष रामबाबुलाई पराजित गर्दैै एमालेकी ज्वाला निर्वाचित

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेस अध्यक्ष रामबाबु यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्।

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गरेका यादवलाई एमाले नेतृ ज्वालाकुमारी साहले पराजित गरेका हुन्।

ज्वालाले उनलाई २ हजार ९६९ मतान्तरले पराजित गरेकी छन्।

ज्वालाले २० हजार २५१ मत ल्याउँदा जसपा प्रदेस अध्यक्ष रामबाबुले १७ हजार २६९ मत प्राप्त गरेका छन्।

एमाले र जसपाबीच गठबन्धन भए पनि त्यो क्षेत्रमा दुवै दलका उम्मेदवारले ‘मित्रवत’ प्रतिस्पर्धा गरेका थिए।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट प्रदेससभा सदस्यमा निर्वाचित भएकी ज्वाला नेकपा विभाजनपछि एमालेमै बसेकी थिइन्।

प्रतिनिधिसभा विघटनका बेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्रीसमेत भएकी थिइन्।

ज्वालाबाट पराजित भएका रामबाबु २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका उनले त्यो बेला नेकपा एमालेका अदयानन्द पाण्डेयलाई पराजित गरेका थिए।

बारा–३ मा सत्ता गठबन्धनकातर्फबाट प्रतिस्पर्धा गरेका लोसपाका लालबाबुसिंह भइहारले ११ हजार ९६४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माको ३ हजार २३७ मत छ।

 


Leave a Reply

Your email address will not be published.