विनोद चौधरी निर्वाचित

विनोद चौधरी निर्वाचित

काठमाडौं- उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतामन्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठी २२ हजार ३०८ मत ल्याएर दोस्रो भएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी) ले १२ हजार ४९९ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीलाई नेकपा एमालेले समर्थन गरेको थियो। त्यसअघि २०७४ सालको निर्वाचनमा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

२०७४ सालको निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद भएका चौधरी यसपटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट समानुपातिक पद्धतीबाटै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

 


Leave a Reply

Your email address will not be published.