कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै ध्रुबबहादुर प्रधान निर्वाचित

कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै  ध्रुबबहादुर प्रधान निर्वाचित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुबबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रधानले १५ हजार १७० को फराकिलो मतान्तरले कांग्रेस नेता कँडेललाई पराजित गरेका हुन्।

प्रधानले ३७ हजार ७६४ मत ल्याउँदा कँडेलले १९ हजार ५९४ मत पाएका छन्।

२०७४ सालको निर्वाचनमा कँडेलले वाम गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी केन्द्रका घनश्याम यादव अहिरलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै एमालेका दिपेन्द्रकुमार अधिकारीले १४ हजार ५०२ र राष्ट्रिय स्वतन्त्र पार्टीका मदनलाल पौडेलले ५ हजार ३४१ मत ल्याएका छन्।

 


Leave a Reply

Your email address will not be published.