एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्।

गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका ज्ञवाली नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीबाट पराजित भएका हुन्।

भण्डारीले १ हजार ५९२ मतान्तरसहित ज्ञवालीलाई पराजित गरेका छन्।

भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले  ३२ हजार १५२ मत प्राप्त गरेका छन्।

२०७४ सालको निर्वाचनमा भण्डारीलाई एमाले नेता ज्ञवालीले पराजित गरेका थिए।

२०५६ देखि त्यो क्षेत्रबाट चुनाव लड्दै आएका ज्ञवालीको यो दोस्रो हार हो भने भण्डारीको दोस्रो जित हो।

ज्ञवालीले त्यो क्षेत्रबाट २०५६, २०६४ र २०७४ सालमा निर्वाचन जितेका छन् भने भण्डारीले २०७० र यसपालि चुनाव जितेका छन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए।

 


Leave a Reply

Your email address will not be published.