प्रदीप ज्ञवालीले स्वीकारे हार

प्रदीप ज्ञवालीले स्वीकारे हार

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन्।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका ज्ञवालीले हार स्वीकार गरेका हुन्।

कांग्रेसका चन्द्र भण्डारीसँग उनले प्रतिस्पर्धा गरिरहेका छन्।

मत गणनाको अन्तिम परिणाम आउनुअगावै हार स्वीकार गर्दै उनले भनेका छन,‘अथप प्रयासका बाबजुद हाम्रो अभियान सफल हुनसकेन। तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु। प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु। कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ।’

आफू संसद भवनभित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्जवल भविष्यप्रति कुनै सन्देह नरहेको उनले बताएका छन्।

‘यस परिणामलाई मैले स्थितप्रज्ञ भावले ग्रहण गरेको छु,’ सामाजिक सञ्जालमा ज्ञवालीले लेखेका छन्,‘प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित हुनुभएकोमा सत्ता गठबन्धनका उम्मेदवार डा.चन्द्रकान्त भण्डारीलाई हार्दिक बधाइ र सफल कार्यकालका लागि शुभकामना।’

 


Leave a Reply

Your email address will not be published.