समानुपातिकमा कांग्रेस र एमाले कटायो १० लाख मत, अरूको कति?

समानुपातिकमा कांग्रेस र एमाले कटायो १० लाख मत, अरूको कति?

काठमाडौं- मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस र नेकपा एमालेको ११ लाख मत नाघेको छ।

निर्वाचन आयोगल शुक्रबार दिउँसो २ ः १५ मा अद्यावधिक गरेको मतपरिणामअनुसार समानुपातिकतर्फ कांग्रेस र एमालेको ११ लाख मत नाघेको हो।

पछिल्लो मतपरिणामअनुसार एमालेले ११ लाख ७० हजार ७५९ मत पाएको छ भने कांग्रेसको ११ लाख १५ हजार ४७४ मत छ।

कांग्रेस र एमालेपछि सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ४७ हजार ६९० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

चौथौं स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ५ लाख ६० हजार छ। माओवादी केन्द्रपछि सबैभन्दा बढी मत राप्रपाका २ लाख ९ हजार ८५ मत रहेको छ।

त्यसपछि जनता समाजवादी पार्टी (जसपा) को १ लाख ४४ हजार २०३, नेकपा(एकीकृत समाजवादी) को ८८ हजार ३७०, जनमत पार्टीको ८४ हजार ७२३, नागरिक उन्मुक्ति पार्टीको ८३ हजार ८३० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ५८ हजार ३४८ मत रहेको छ।

 

 


Leave a Reply

Your email address will not be published.