post-slider post-slider

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

Image
A A

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सालाहा, आड्रेउ रोबेर्टसन, कोडी गाक्पो र हार्भी एल्लीओटले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि रिचार्लिसन र सन हेंग मिनले एक एक गोल गरेका थिए।

यो जितपछि लिभरपुलको ३६ खेलमा ७८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी, टोटनह्यामको भने ३५ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ। 

Tags: