.png) 
                
                
                     
                
                सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
.jpg) 
                    काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मुल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
 
                                 
                 
                