post-slider post-slider

तनहुँ पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

Image

दमौली - तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।

शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो।

पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेका छन्।

तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ। सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Tags: