post-slider post-slider

जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु बिक्री वितरणमा निषेध

Image
A A

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले परिक्रमा सडकभित्र माछामासु तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

वर्षौंदेखिको परम्परा र पवित्रता कायम गर्नुपर्ने भन्दै उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो।

उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधामको धार्मिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गरी यो निर्णय भएको बताए।

‘उपमहानगरपालिकाको अन्तरगृह परिक्रमा सडक र सो क्षेत्रभित्र माघ १४ गतेदेखि लागु हुनेगरी कुनै पनि पशुपंक्षी बध तथा माछा, मासु र अण्डा खरिदबिक्री वितरण एवं मदिरा सेवन बिक्रीवितरणलगायतका कार्यहरु नगरिदिनुहुन यस उपमहानगरपालिकास्थित सबै सरोकारवाला व्यवसायीहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ,’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

सूचनालाई अटेर गरेको पाइए नियमानुसार कारबाही हुने उपमहानगरपालिकाले सचेतसमेत गराएको छ।

जनकपुरधामको धार्मिक महत्वलाई ध्यानमा राख्दै परिक्रमा सडक क्षेत्रभित्र माछामासु एवं मदिराजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने निर्णय उपमहानगरपालिकाले यसअघि नै गरिसकेको छ।

यद्यपि उपमहानगरपालिकाको यो निर्णय कार्यान्वयनमा भने आउन सकेको छैन।

Tags: