post-slider post-slider

लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान थालिएको छ।

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण कसुर आकर्षित गरी अनुसन्धान थालिएको हो। 

कात्तिक २ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले सात दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ।

बिहीबार नै लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगीको आरोपमा रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। 

सहकारी ठगीमा अनुसन्धान जारी रहेका बेला अब लामिछानेमाथि प्रहरीले अदालतमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने जानकारी दिएको हो। 

जुनसुकै अपराधमा हिरासत परेका व्यक्तिले गैरकानुनी रुपमा कालोधन आर्जन गरे-नगरेको पहिचान गर्न प्रहरीले सम्पत्ति शुद्धीकरणलाई चिठी लेख्ने गरेको छ। 

सम्पत्ति शुद्धीकरण, राष्ट्र बैंक र प्रहरीबीच कालोधन नियन्त्रण गर्नेबारे आन्तरिक सहकार्य रहेको छ। 

Tags: