Aayo Mail : खबरको निधो
समाजवादको समानता भूत !
समाजवादको समानता भूत ! सो कथामा जस्तो राज्यद्वारा गरिने समानताको जबरजस्त प्रयोग किन असफल हुन्छन् त? यो ब्रह्माण्डमा सायद कुन दुई कुरा होलान् जुन समान होलान्। कुनै दुई कुराको नाप लिनेबित्तिकै दुवै नतिजा समान आउने सम्भावना कति होला? कुनै दुई तारा वा ग्रह होलान् त, हर हिसाबमा समान? कुनै दुई रुख? कुनै दुई नदी वा पानीका नमुना? कुनै दुई जीवनकथा? मानिसको कुरा गरौँ। आखिर समाजवादले समानता लागू गर्न खोजेको त मानिस(मानिसबीच न हो। के दुई मानिस कुनै अवस्थामा समान हुन सक्लान्? के कुरामा समानताको कुरा गर्ने। उचाइ, उमेर, लिङ्ग, रँग, आवेग, छनोट, चाहना, खुबी, बल, बुद्धि, रोग प्रतिरोधि क्षमता, बाल्यकाल, सुनेका कथाहरु, कुलको इतिहास र परम्परा, वा सुःखको परिभाषा? कुन कुरा नापेर दुई समान मानिस पत्ता लगाउन सकिएला यो दुनियाँमा? डा. निरज पाैड्याल