फोकटको बाेनस नदिउँ यान्छीलाई


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


चिनियाँ राजदूत होउ यान्छीमाथि गत साता बीबीसी हिन्दी सेवाले स्वादपूर्ण फिचर लेख्यो। जसको चुरो थियो- यान्छीले नेपाललाई भारतको काखबाट खोसिसकिन्। त्यो विश्लेषणमा दम ठहरियो भने बुझे हुन्छ- यान्छी संसारभरकै राजदूतमध्ये शीर्ष सफलमा पर्नेवाला छिन्।

यान्छीले यसै साता नेकपाकै दुई शीर्ष नेतालाई भेटेकी छन्। नेकपाभित्रको सत्ता भागबण्डाको रडाको मत्थर हुने घटना शृंखला चलिरहँदा यान्छीको भेटघाटलाई अर्थपूर्ण नमानी सुख छैन। यसअघिको नेकपाभित्रको खड्गो टर्ने क्रममा पनि चिनियाँ राजदूतले आफ्नो भूमिका बुझिने गरी यस्तै दौडधूप गरेकी थिइन्। 

यान्छीको भेटघाट विदेशी हस्तक्षेपको खुलेयाम नमूनाका रूपमा समेत देखाइँदै छ। अब भारतलाई जस्तै चीनमाथि पनि ‘विस्तारवादी’ को बिल्ला टाँसिदिनुपर्छ भन्नेहरू पनि छन्। 

अलिकति उघारिएर सोच्दा यान्छी या क्वात्रा या बेरी कसैले पनि सिंहदरबार वा नेतालय धाउनु काठमाडौं खाल्डोका लागि नौलो परिघटना होइन। घर-घर बोलाएर वा चाहनेबित्तिकै मन्त्री, प्रधानमन्त्रीका सोफा सम्याएर हामीले विदेशी मित्रहरूलाई आवश्यकताभन्दा बढी भाउ दिइरहेकै छौं। हामी नितान्त घरेलु मामिलामा समेत अतिथिदेव भवः भनेर विदेशीहरूको भूमिका स्वीकार्छौं। यो हाम्रो स्वभाव र संस्कृतिमा निसृत भइसकेको छ। यसमा यो त्यो भनेर कित्ता छुट्टयाउनु जरूरी छैन।

यान्छीलाई यतिबेला एउटा जबर्जस्त कूटनीतिक पात्रका रूपमा चिनाइँदै छ। त्यसको खास सुरुआत भारतीय सञ्चारमाध्यमले गरेका हुन्। र, त्यो मनसुनी वायुझैँ हिमालतिर ठोक्किन आइपुगेको छ। भारतीय सञ्चारमाध्यमले पनि मोदी सरकारका औजारहरूले लगाएको सुर पक्डेका हुन्। भारतीय प्रधानसेनापतिले लिपुलेक प्रकरणमा चीनको नेपालमा उक्साहट छ भनिदिएपछि भारतीय सञ्चारमाध्यमले काठमाडौंमा यान्छीको अनुहार खोज्न थालेका हुन्। 

हाम्रा बुद्धिजीवीवर्गले बुझ्न नसकेको वा बुझेर पनि भन्न नसकेको तथ्य के हो भने यान्छीले व्यक्तिगत रूपमा चाहेर वा अक्कल लगाएर हुने केही होइन। यो त बेइजिङले तय गर्ने नीतिमा भरपर्छ।

हिजो हामीले राकेश सुददेखि रन्जित रेलाई व्यक्तिगत स्तरमा दोषी देख्ने काम गर्‍यौं। मोरिआर्टीलाई त्यस्तै देख्यौं। विदेशी राजदूतले आफ्नो देशको विदेश मन्त्रालयको मूल्यांकनमा के कस्तो गर्‍याे भन्ने अलग कुरा हो, तर उसको हरेक क्रियाकलाप धेरै तौलिएर सोचेर चालिएका हुन्छन्। त्यसका लागि यहाँका पलपलका सूचना कूटनीतिक मिसनले लिइरहेका हुन्छन्। विकिलिक्सका केवल्सहरूले छरपस्ट पारिसकेका छन् यो तथ्यलाई। 

वास्तवमा चीनले अझै पनि नेपाली राजनीतिलाई उलटफेर गर्ने दम राख्दैन। अपितु उसको प्रभाव यहाँ पहिलेभन्दा प्रचुर बढेकै हो। चीनलाई प्रभावका हिसावले भारतको समानान्तर देख्नु चाहिँ हाम्रो दृष्टिदोष हो।

यान्छीले गरेका भेटघाट भनौं या बेइजिङले पछिल्लो कालखण्डमा नेपाली राजनीतिमा देखाएको भनिएको सक्रियताको श्रेय, यो उसले फोकटमा पाएको बोनस (उपहार) हो। काम गरेर बोनस पाउनु स्वाभाविक हो तर सित्तैमा पाइन्छ भने कसले छाड्छ? यहाँ त्यस्तो काम केही भएकै छैन। नेकपाभित्र गुट भिडेका हुन्, सत्ताभाग नमिलेर। फुटेर गए सबैको बिचल्ली छ, नमिली सुख छैन।

भारतको एजेन्डाभन्दा बाहिर गएर चल्न खोजेको ओली नेतृत्वको नेकपालाई पनि चीन नजिक ल्याएको देखाउन पाए भोलि भोटका लागि रणनीतिक लाभ हुन्छ। भए-गरेको त्यति हो। 

वास्तवमा चीनले अझै पनि नेपाली राजनीतिलाई उलटफेर गर्ने दम राख्दैन। अपितु उसको प्रभाव यहाँ पहिलेभन्दा प्रचुर बढेकै हो। चीनलाई प्रभावका हिसाबले भारतको समानान्तर देख्नु चाहिँ हाम्रो दृष्टिदोष हो। यहाँ खासमा भारतको मनोविज्ञान, त्यसप्रतिको हाम्रो स्वाभाविकभन्दा धेरै बढी दख्खलले काम गरेको छ।

नेपालमा चीनको भूमिका भएभन्दा धेरै बढी देखाउनुपर्ने भारतको बाध्यता हो। खर्बौं डलरको व्यापार गर्ने छिमेकी हुन् भारत र चीन। तर पनि उनीहरू बेला-बेला सीमामा लडिरहन्छन्। जसका केही प्रष्ट उपादेयता छन्- विश्वमञ्चमा आफ्नो शक्ति प्रदर्शन गर्ने, आफ्ना सेनामा ज्यान भरेको कृत्रिम सन्देश दिने, बाैद्धिकवर्गलाई घोरिने निहुँ बढाउने, सञ्चारमाध्यमलाई खजाना उपलब्ध गराउने, जनताको मनोदशा उराल्ने, इत्यादि।

दुई महिनायता गलवान उपत्यकामा सिंगौरी खेलिरहेका दुवै मुलुक अब द्वन्द्वलाई आर्थिक प्लेटफर्ममा लगेर सेलाउने बाटो खोजिरहेका छन्। यसबीचमा सबैले साँढे लडाइँको तुष्टि बाँडेका छन्। चीनले अलि बढी पायो होला, भारतीय नेताहरूले जनताको आफूप्रति सहानूभूति बढाएर लाभविशेष बटुलेका छन्।

द्वन्द्वको यो उपक्रममा भारतीय पक्ष चीनले नेपाललाई पनि खर्लप्पै पारिसक्यो भन्ने रटान दिन पछि परेन। यान्छीले भारतको काखबाट नेपाललाई खोसिन भन्ने कथन यसको एउटा उदाहरण हो। नयाँदिल्लीमा चीन नीति बन्दा काठमाडौंमा के भइरहेको छ भन्ने बुझाइले महत्त्वपूर्ण अर्थ राख्नु वा राख्न लगाइनु स्वाभाविक हो।

भूराजनीतिमा राष्ट्र मनोविज्ञानले ठूलो अर्थ राख्छ। हामी नेपालीको मनोविज्ञानमा विदेशी शक्तिहरूको चलखेलबाट हाम्रो देश चलेको छ भन्ने सोच गढेर बसेको छ। खासमा सत्यता यो हो कि हाम्रो देश हाम्रै हिसाबले चलेको छ। बुझेजस्तो गर्ने वर्ग र यसलाई खेलाएर खाने नेताहरूले विदेशी शक्तिको भीमकाय चित्र हाम्रो दिमागमा छिराएका छन्। त्यो एक खाले डरको खेती हो। ‘भारतले नेपाल खान्छ वा चीनले हामीलाई दास बनाउँछ’ भन्ने डर देखाएर राजनीति चलाउने मेसो मात्र हो। 

नेपाल-भारत सम्बन्ध समान सांस्कृतिक मूल्यको ‘टेम्पलेट’मा अडेको छ। सामाजिक–सांस्कृतिक प्रभावकै जगमा नेपाल र भारत सम्बन्धका अन्य आयाम निर्माण भएका हुन्। र, यसको प्रतिस्थापन हुन सक्दैन। तर भारतसँगको आर्थिक सम्बन्ध (विशेषतः व्यापार घाटा) निरेपक्ष यतिकै रहन सम्भव छैन। नेपालमा एक दशकमात्रै पनि सुशासन प्रत्याभूत हुने हो भने नेपाल संसारभर मनग्गे व्यापार गर्ने मुलुक बन्न सक्छ।

उता, चीनसँगको हाम्रो सम्बन्ध विशिष्ट छ। फरक संस्कृति भएर पनि हाम्रा लागि उसको भूराजनीतिक अवस्थिति कम्ता महत्त्वपूर्ण छैन। उसँग तुलनात्मक लाभको व्यापार बढी गर्ने सम्भावना रहन्छ। यसर्थमा हामीले भारत र चीनलाई तुलोमा राख्दा कसैलाई पनि तलमाथि पर्न दिनुहुन्न। उनीहरूलाई यहाँ फोकटमा खेलेजस्तो गर्न दिनु वा आफैँ खेलिन चाहनु दुर्घटना मात्र हो। जुन हामीकहाँ निरन्तर भइरहेको छ।

चीन र भारतबीचको भूराजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। र, यो रोकिन्न पनि। यसमा अमेरिका र युरोपको आफ्नै स्वार्थ छ। यो माहोलमा हामीले आफ्नो शुद्धि कायम गर्नुपर्छ। हाम्रो लडाइँ गरिबी, बेरोजगारी र पछाटेपनसँग हुनुपर्छ।

यसका लागि नेताहरूले विदेशी मित्रहरूलाई आफ्नो चेष्टा र प्रतिष्ठा प्रष्ट बुझाउनुपर्छ। उनीहरूलाई फोकटको बाेनस दिने काम रोक्नुपर्छ। यो दिएर उनीहरू कहिल्यै अघाउँदैनन्। राजदूतहरू मित्र हुन्। उनीहरूको नियमित मित्रता परराष्ट्र मन्त्रालयका सचिव-सहसचिवहरूसँग हुनुपर्छ।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने प्रयास गरे। हावा पानी र माटो सुहाउँदो, आधारभूत प्रजातन्त्र, पंचायती

देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी खुसी हुन्छन्?

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको थिएँ। आज दुई वटा संविधानसभाबाट, त्यसमा पनि आफैं सक्रिय भएर

सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि होलान्) को संलग्नतामा आयोगहरु बन्ने र भूमाफियाको सेटिङअनुरुप पार्टीका कार्यकर्तालाई

सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन, साम्राज्यवादी हस्तक्षेप पनि आउने वास्तविकतालाई बोध यतिबेला नगर्ने हो भने