ओलीलाई अझै मौका छ


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार इतिहासको एकदमै महत्वपूर्ण घडीमा बनेको मान्न सकिन्छ। 

दशक लामो सशस्त्र द्वन्द्व, शान्ति सम्झौता, संविधानसभामार्फत् नयाँ संविधान निर्माण लगायतका ठूला राजनीतिक परिवर्तनका परिघटनापछि पहिलो पटक बहुमत सरकार बन्दा ओली त्यसको नेतृत्वमा आएका हुन्। 

नेपाली इतिहासमा सबैभन्दा छिटो राजनीतिक परिवर्तनहरु भएको दुई दशकमै सबैभन्दा खट्किएको स्थिरतालाई यस सरकारले पूर्ति गर्ने अपेक्षा स्वभाविक थियो।

मुलुकमा अढाई सय वर्ष स्थिरता र एकताको प्रतीक बनेको राजतन्त्रलाई प्रतिस्थापन गर्ने गणतान्त्रिक व्यवस्थाले पहिलो पटक पाएको बहुमत सरकारका खास–खास जिम्मेवारी हुने नै भए। 

आधुनिक विश्व व्यवस्थामा आमजनताका लागि सुरक्षित जीविका र सामाजिक न्यायको प्रत्याभूति नै सवैभन्दा अह्म सूचक हुन्। 

जननिर्वाचित सरकारले तोकिएको कार्यकालभित्र त्यो सूचकको स्केलमा कहाँबाट कहाँ पुग्ने भन्ने प्रष्ट योजना बनाउने, त्यसैअनुसार समग्र संयन्त्र तयार गर्ने र कार्यन्वयनलाई पारदर्शी, प्रभावकारी बनाउने विषयलाई उच्च प्राथमिकता दिन्छ। 

केपी ओलीको यो जिम्मेवारीको दृष्टिमा सबैभन्दा धेरै आशाका केन्द्र थिए, अझै छन्। र, उनलाई नेपाली जनताले पूरै पाँच वर्ष यो अभिभाराका निम्ति पत्याएका हुन्। यसमा द्विविधा र व्यावधान दुवै जरुरी छैन। 

केपी ओलीले प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल पाउँदा उनिमाथि एउटा श्रेय थपिएर आएको थियो। जुन एउटा तागत, विरासत बन्ने सम्भावना समेत थियो। 

उनले पहिलो कार्यकालमा राष्ट्रियताको पक्षमा लिएको अडानले जनता उनलाई वहुमत सरकार बनाएर पाँच वर्ष राष्ट्र चलाउने म्यान्डेट दिन तयार भएका हुन्। 

जुन नेपाली राजनीतिक इतिहासमा पछिल्लो केही वर्षकै दुलर्भ परिवर्तन हो। 

पृथ्वी नारायण शाहले रचेको निर्विध्न राष्ट्रियताको सौर्यबहादुर शाहसम्मले बढाए, भीमसेन थापासम्मले त्यसको रक्षामा वीरता देखाए। 

तर त्यसपछिका शासकहरुमा लगातार नेपालको राष्ट्रिय अस्तित्वलाई ठूला शक्तिहरुको चेपुवाबाट जोगाउन सम्झौता मात्र गर्ने, सोही क्रममा त्यसलाई आफ्नो सत्ता स्वार्थ रक्षामा सौदा गर्न समेत पछि नपर्ने प्रवृत्ति देखिन्छ। 

यो प्रवृत्तिमाथिको सबैभन्दा शक्तिशाली हस्तक्षेप गर्ने काम तत्कालीन राजा महेन्द्रबाट मात्र भएको हुन्छ। उनले नेपालको जनसांख्यिक भूगोललाई राष्ट्रियता संरक्षणकै दृष्टिबाट व्यवस्थापन गरेको तथ्यलाई अवमूल्यन गर्न मिल्दैन। 

उनको कुटनीतिक सन्तुलन र नेपाली स्वार्थलाई सुरक्षित तुल्याउने कौशल शायदै अन्य नेतामा देखिन वा परिक्षित हुन पायो। नेपाली राजनीतिमा त्यही खालको क्षमता र नैतिक धरातल गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमा थियो तर, उनीहरुले इतिहासचक्रले उचित र पर्याप्त मौका दिएन। 

राजनीतिक पृष्ठभूमि र ट्रयाक रेकर्डबाटै ‘आग्र्यानिक’ रुपमा केपी ओली आजको स्थानमा पुगेका हुन् या होइनन् भन्ने विषयमा अलग बहस हुनसक्छ। 

तर मौकामा लिएका अडानले कसैको विगत दोषलाई निवारण गर्नसक्छ। स्वभावैले चतुर ओली यो मामिलामा केही न केही भाग्यमानी हुन्। एउटा नेतालाई मौका अजमाउनु नराम्रो होइन। ओलीले राष्ट्रवादी नेता बन्ने मौका पाउनुमै केही खराबी देख्नु पनि हुँदैन। यति हुँदाहुँदै ओलीको चालु दोस्रो कार्यकालको पहिलो आधा भाग चाहिँ उनको राष्ट्रवादी बन्ने अवसरसँग सुहाउँदिलो छैन। उनको सरकारले जनजीविका सहज, सुरक्षित र उन्नत तुल्याउन कुनै ठोस काम गर्न सकेको छैन। 

मुलुकको अर्थतन्त्र केही अस्थायी सूचकमा स्थिर रहेपनि उत्पादनशीलता, भौतिक विकास, लगानी वातावरण, निजी क्षेत्रको उत्साह, रोजगारी, सामाजिक सुरक्षा, सुशासनजस्ता ‘भाइटल’ विषयमा अग्रगति छैन। 

हविगत कोभिड १९ ले नै उदांगो पारिदिएको छ, केही महिनाको बीचमै। मुख्यतः उनको कोर टिम, मन्त्रिपरिषद, त्यसभन्दा तलको प्रशासकीय संयन्त्र र स्थानीय निकायमा समेत समान उदासिनता छ। 

यो माहोलमा ओली निकट एउटा वर्ग भने सधै विवादित छ। उनी यसमा मौन छन् वा बचाउमा समेत उत्रन्छन्। बाँस्कोटा टेप प्रकरणदेखि ललिता निवास काण्डसम्म सरकारले अकाट्य कमजोरी प्रदर्शन गरेको छ। 

ओलीसँग जनादेशको बल अझै छ। उनले आजै, अहिल्यै जनताका लागि इमान्दार काम गर्न थाल्दा धेरै गरिभ्याउने सम्भावना छ। 

त्यसो नगर्दा वा गर्न नचाहँदा एउटा के तथ्य बुझ्न जरुरी छ भने राष्ट्रियता अलँकारमा टिक्ने चिज होइन। यो त राज्यले जनतामाथि गर्ने साँचो संरक्षणमा जरा हाल्ने मनोविज्ञान हो। यो कार्यकर्ताको व्यापक भर्ती र तिनको हितपरायणमा आधारित धन्दा होइन।

ओलीका लागि केही गरेर देखाउने मौका मुलुकले अझै दिनुपर्छ। तर त्यो मौका उपयोग गर्न उनले नेल्सन मण्डेला र लि क्वानका ताजा इतिहास स्मरण गरेपुग्छ। त्याग र साहसले नै राष्ट्रिय नेतालाई राजनेता बनाउने मार्ग दिन्छ। 

भाग्यले नै किन नहोस्, ओलीले राष्ट्रवादी नेता बन्ने अवसर पाएकै हुन् र अझै त्यो बाँकी छ। तर साँघुरिदै पनि गएको छ। र, यही क्रम कायम नहुँदा केही समयमा त्यो नामेट पनि हुनसक्छ।  

राष्ट्रवादी चरित्रलाई धरमरमा पार्ने र नियन्त्रित स्थिरता खोज्ने तत्वहरु झन् सक्रिय भएको एवम् राष्ट्रियताका मामिलामा सर्वदलीय मतैक्य बनेको अहिलेको स्थितिमा ओलीले अलँकारबाट व्यवहारमा उक्लने अठोट लिनैपर्ने हुन्छ। 

यस सन्दर्भमा आधुनिक राष्ट्रियता कसरी निर्माण र टिकाउ हुन्छ भन्ने विषयमा मनन गर्नु जरुरी छ। गरिखाने वातावरण, सामाजिक न्याय, सुरक्षा, समान अवसरमा आधारित खुला प्रतिस्पर्धा र संकटमा राज्यले दिने सुरक्षणमा मात्र आधुनिक राष्ट्रियता दिगो हुनसक्छ। सधैं अमूर्त नाराका पछाडि लगाएर जनतासँग आहुती मात्र माग्दा त्यो नेतृत्वले गर्ने ठगी मात्र ठहर्छ। धेरै कुशासित देशहरुमा यो समस्या छ। उपलब्ध साधनस्रोतको व्यवस्थापन र विधिको शासनमा ध्यान नदिई शासन टिकाउन नारा मात्र घन्काउने र गरिबीले अभिषप्त वर्गलाई क्षणिक लाभमा अल्मल्याएर भोटको खेती गर्ने नेतृत्वबाट आधुनिक राष्ट्रियताको अनुष्ठान हुनसक्दैन। 

आधुनिक राष्ट्रियता अप्राप्य वस्तु होइन। यस्ता केही देशहरुको उदाहरण दिन सकिन्छ, जहाँ नेताहरुको सोच, मेहनत, साहस र त्यागबाट आधुनिक राष्ट्रियता निर्माण भएको छ। 

सिंगापुर, दक्षिण कोरियाको ४ दशक अगाडिको अवस्था हेरौं र आज उनीहरुले गरेको प्रगति विचार गरौं। छिमेकी चीनकै ९० को दशकसम्मको स्थिति हेरौं। दक्षिण एसियाकै श्रीलंका, थाइल्याण्ड, पूर्व सोभियतका केही राष्ट्रको निरन्तरको प्रगति पनि हेरौं। त्यहाँ नेताले धिक्कार्नैपर्ने स्थितिमा जनता छैनन्। जनताले गरिखाने क्रममा अर्थतन्त्र क्रमशः बलियो छ, राजनीतिक संकटहरु टर्दै गएका छन्। 

अब प्रश्न उठ्छ, केपी ओलीले अलंकारको राष्ट्रियतालाई व्यवहारकै आधुनिक राष्ट्रियतामा बदल्न सक्छन कि सक्दैनन्? उनले अब बाँकी कार्यकाललाई त्यो दिशामा अगाडि बढाउन आफू र आफ्नो टिमलाई तयार गर्छन् कि गर्दैनन्? 

भ्रष्टाचारलाई आफ्नो नाकैमुनि संरक्षित रहने अवस्थालाई हटाउँछन् कि हटाउँदैनन्? उत्पादन र वितरण प्रणालीलाई स्वाधिन अर्थतन्त्र बनाउने दिशामा व्यवस्थापन गर्न सक्छन् कि सक्दैनन्? सुशासनको प्रत्याभूति गर्न कानूनी व्यवस्था र परिपालनलाई दर्विला पार्छन् वा पार्दैनन्?

ओलीका लागि केही गरेर देखाउने मौका मुलुकले अझै दिनुपर्छ। तर त्यो मौका उपयोग गर्न उनले नेल्सन मण्डेला र लि क्वानका ताजा इतिहास स्मरण गरेपुग्छ। त्याग र साहसले नै राष्ट्रिय नेतालाई राजनेता बनाउने मार्ग दिन्छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने प्रयास गरे। हावा पानी र माटो सुहाउँदो, आधारभूत प्रजातन्त्र, पंचायती

देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी खुसी हुन्छन्?

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको थिएँ। आज दुई वटा संविधानसभाबाट, त्यसमा पनि आफैं सक्रिय भएर

सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि होलान्) को संलग्नतामा आयोगहरु बन्ने र भूमाफियाको सेटिङअनुरुप पार्टीका कार्यकर्तालाई

सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन, साम्राज्यवादी हस्तक्षेप पनि आउने वास्तविकतालाई बोध यतिबेला नगर्ने हो भने