सर्वोच्चलाई स्यानिटाइज गरौं


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


मनोरन्जन भनौं वा विडम्बना, तमासा रामशाहपथमा यति गजबका साथ चलिरहेको छ कि अब लाज–सरमको दृष्टान्त खोज्न अन्त जानै नपर्ने भो। सुरक्षा ढाटबाटै हजुर–बक्सियोस्–श्रीमान्का मृदुध्वनि श्रवण हुने न्यायालयभित्रको मर्यादासहिंता अहिले सारा जग हाँस्ने सडकमा घोप्टिएको छ।

जब भगवत् जपमा पित–च्यादर ओढेर कुशासनमा बसेका घरमूलि क्लेशले वशिभूत भइ लघुवस्त्र समेत मिर्काएर आँगनमा नाँगै निस्कन्छन्, तब केटाकेटीहरु विलखबन्द पर्छन्– के अनोहोनी भयो भनेर। अनि ती पनि स्वयम् नग्नताको प्राधिकारमा उद्वेलित भई नाँच्न थाल्छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तिनै मूली हुन्, न्यायाधीश र वकिल तिनै केटाकेटी हुन्। सर्वोच्च अदालतका आँगनमा चोलेन्द्रको लगौंटीरहित नाच चल्दैछ र अन्य लालाबाला तिनलाई पक्डन नाँगोपनबाट पनि बाहिर जाँदैछन्।

सबै पवित्र–अपवित्र कामका मर्यादा–सीमा हुन्छन्। सृष्टिकारी कार्यलाई मर्यादित बनाउन पूरै मानवज्ञान (खासगरी सामाजिक कानून निर्माणमै) प्रयोग नभएको भए आज यो जगत् कस्तो हुन्थ्यो होला? प्रधानमन्त्री कार्यालयको कमोड फेर्न लाखौं खर्च हुन्छ–ढोंग नै सही। त्यो खर्चमा कत्रो शान र मर्यादा जोडिन्छ! कति मिहीन छ यो व्यवस्थापन! यति बुझक्की मानव समाजले निर्माण गर्ने न्यायालयका लवज, व्यवहार र इज्जतका पाइपाइमा कति गहनता र संवदेनशीलता गाँसिएका–टाँसिएका छन्?

तर, नेपालको न्यायालयलाई आजको अवस्थाबाट हेर्दा न्यायप्रणाली विकासका सारा कहानीलाई धोवीखोला (हाललाई काठमाडौंको सबैभन्दा फोहोर र सर्वोच्च अदालतबाट सबैभन्दा नजिक पनि) मा बगाउनुपर्ने देखियो। नेपालको न्यायालय छुट्टै हो, यहाँ भ्याउनेले भेट्छ भन्ने नयाँ मत–सिद्धान्त आविष्कार गर्नुपर्ने भयो।

सुन्दर खनाल

के न्यायालय हावाबाट जन्मेर यस्तो भएको हो त? चोलेन्द्रलगायतका सकल विवादित अनुहारहरू ‘वाइ डिफल्ट’ जन्मेर पवित्र इजलासलाई दुर्गन्धित बनाएका हुन्? पटक्कै होइन।

चोलेन्द्र मात्रैको केसमा गएर कनकर्नोले कोट्टयाएझैं कोट्याउँ, सबै फोहोर निस्किहाल्छ। एक दशक अघि यिनै चोलेन्द्रलगायतका विवादित अनुहारलाई सर्वोच्च अदालत भित्रयाउँदा त्यतिबेलासम्म गणतन्त्र नायक भनेर चिनिने नरहरि आचार्यको राजनीतिक छवि धोविखोलामै फस्यो। स्वास्थ्यलगायतका कारणबाट हाल राजनीतिमा लगभग निस्क्रिय आचार्य पछिल्लो समय त्यतिबेलाको अन्तर्य उघार्न तम्से, अनि कृष्ण सिटौला र शेरबहादुरलाई समेत मुछे। स्वार्थकेन्द्रहरुको रफ्फुचक्करमा खास अडान लिन नसक्दा स्खलित हुने यस्ता राजनीतिक पात्रहरु अनगिन्ती छन्। तर, त्यो रफ्फुचक्कर चलाउने नाइकेहरु चाहिं सदावहार वहाल छन्, राजनीतिका वागडोरमा।

चोलेन्द्र आफैंमा चलायमान हुन्, कुनै पनि मतलवले। उनीबाट खुसी मानिसहरु भेट्दा भन्छन्– मान्छे वहुत फ्यानटासटिक छ, हुने काम गर्दिहाल्छ। अझ उनका भाइसँग मिल्ती राख्नेहरु हरेक कफी अड्डामा डिङ् हाँक्न भ्याउँछन्–हयाय…..प्रभु राजाले मिलाइहाल्छन् नि। लाइन खोज्दैखोज्दै जाँदा कुनै बेला नयाँ वानेश्वरमा कुखुरा काट्दाकाट्दै क्यासिनो छिरेर दुनियाँको घरबार उडाएर नवधनाढय भएका बलेदेखि हलेसम्म चोलु श्रीमान्–प्रभुराजासम्म पोयो मिलाउन तम्सिन्छन्। जनताको वचतमा बैंकसँग मिलेर खेल्दै छ्याकन कारोबारबाट माथि उठेकाहरुको त च्याम्बरसम्मै सोझै एक्सेस हुन्छ रे।

पंक्तिकार कुनै बेला एक मिडिया व्यवसायीलाई भेट्न अलि माथिकै तला उक्लेको थियो। वेटिङ रुममा कुरिरहँदा साथी फोनमा नेगोसियट् गर्दै थिए– कुन वेन्च मिलाउँ भनेर। अहिले सबैजसो मिडिया ‘एन्टीचोलेन्द्राजोल’ नियमितजसो सेवन गरेर डकारिरहेका छन्। अब कहाँ कहाँ मात्र यो रामशाहपथको फ्युज जोडिन्न भन्नु खै!

ओलीले हठात् संसद भंग गरिदिए, चोलेन्द्र शमशेरले संविधान संरक्षकका रुपमा हेरिंदाहेरिईंदै कति भाग हान्न भ्याए भन्ने जगजाहेरै छ। संसद व्युँतियो, फेरि भत्क्यो, फेरि व्युँतियो। चोलेन्द्रको प्राप्ति–चोलाले एकपछि अर्को गरी चक्रवर्ती सौर्य हासिल गर्दै गयो। हामी सबै व्यूहका साक्षी छौं, यसमै घरि चोलेन्द्रलाई सरापेका छौं,घरि प्रशंसाले चुल्याएका छौं। गणनायकहरुको चाकाचुली खेलाई, अनि चोलेन्द्रको धामीबकाई–हाम्रा लागि यो प्रहसन हेर्नका लागि निःशुल्क थियो। तर, मुलुककै जीवनका लागि चाहिं कति महँगो भन्ने अबका दिनमा देखिदैं जाला।

आज मौनता साँधेर मुसा–खेलाई गरिरहेको देउवा सरकार होस्, खुच्चिङ गर्दै विग्रहबाट फाइदा लिन खोजिरहेका ओली हुन् वा अस्थिरतामा ववण्डर गरी फाइदा लुट्ने प्रचण्ड हुन्–यी सबै चोलेन्द्र (प्रवृतिलाई भन्न खोजिएको) लाई सर्वोच्च पुर्‍याउने अभयदाता हुन्। ओली, माधवले नै त हुन् नवनियुक्त न्यायधिशलाई वल्खु बोलाएर अभिषेक गरेका। कांग्रेसी झण्डा बोक्ने टट्टु न्यायपरिषद सदस्य नै त हुन्, पछिल्लो समय लगातार सर्वोच्चलाई कलुषित तुल्याउने पात्रहरु खोजेर ल्याउने। आफ्नो लाइनबेगर जान खोजेकी भनेर सुशीला कार्कीलाई महाअभियोग लगाउने देउवै त हुन्। तिनै शुशिला जसले यिनै गणनायकहरुले दक्षिणको खरानी भरेर सृजना गरेको भष्मासुर पात्र लोकमानसिंह कार्कीलाई अयोग्य घोषणा गरेकी थिइन्।

हिजो जसरी लोकमान चाहिएको थियो गणनायकहरुलाई, त्यसै गरी खाँचो पर्न गएको हो चोलेन्द्रको पनि। न लोकमान नियुक्तिको गल्तिमा कुनै खेद प्रकट भयो उनीहरुबाट, न भोली चोलेन्द्रको हकमा त्यस्तो केही होला। भरौटे भर्तीमा भएको तलमाथिसरह यी सारा घटनालाई लिइने राजनीतिक सँस्कृति जो छ।

औपचारिक अध्ययनका केही कसीमा कस्सिएर अगुवा भइखानेहरुदेखि सार्वजनिक सूचनामा ठेकेदारी गर्नेसम्मले मूल राजनीतिको यो दादागिरीलाई दरो गरी ठोस्ने हैसियत राख्दैनन्। ती प्रायः गणनायकहरुको खेलामा भाइजान बन्न लालायित हुन्छन्, नपाएमात्र विरोध गर्न थाल्छन्। उमेश श्रेष्ठ प्रकरणमा नेपाली मिडियाले देखाएको आमस्तरको सदाशयता यसकै एउटा दृष्टान्त हो। गणनायकहरु अहिले आफ्ना सेवक चोलेन्द्रलाई एकल्याएर नयाँ सेवकहरुबीच प्रतिस्पर्धा गराउन खोज्दैछन्। खेल खेल्नेहरुले बुझ्छन –एउटै सेवकको बुई धेरै चढ्दा लडाउला भन्ने डर हुन्छ। सेवकाधिकारीहरु रोलक्रममा जो छँदैछन्।

चरित्रका आधारमा भन्दा चोलेन्द्र हट्नै पर्छ, यसमा शंकै छैन। उनी एक मिनेट पनि न्यायधिश बन्न लायक थिएनन्, छैनन। तर गणनायकहरुकै टिका लगाएर गएका अन्य रोलक्रमवाला चाहिं कौनसा गतिला हुन र? तीमध्ये एक छन्, लोकमानसिं कार्कीकै लागि न्यायिक दलाली गर्ने। केही असल पनि मानिन्छन्। धेरै त मूल्यसूची नै लगाएर बसेका हुन्। एक घाग्डान व्यापारी कोभिड कहरमा परेको नोक्सानी उठाउन रामशाहपथको चक्कर लगाउँदालगाउँदै सेटिङ मास्टर भइसकेका रहेछन्। एक बिहानको हिंडाईमा उनले गौशालातिर प्वाक्क बोलेछन्– लकडाउनले दिनको ९० लाख घाटा छ श्रीमानलाई। व्यापारमा गयल हुन तयार भई सर्वोच्चको फन्को मार्ने ती पात्र पोहोर जुवाखालबाट पक्राउ परेर छुट्ने (प्रभुकै दयाले) क्रममा श्रीमानहरुको सानिध्यमा पुगेका रहेछन्।

अहिले राजिनामा, त्यो पनि चोलेन्द्रकै मात्र भनेर दैनिक नाराबाजी हुने, अन्य श्रीमान्हरुले इजलास बहिष्कार गरिरहने, चोलेन्द्रमुखी प्रतिक्रान्तिकारी झुण्डहरु पनि कट्कटिएको हजार खल्तिमा हालेर जुलुसमा होमिने, प्रधानन्यायधिशले खराँट अन्तर्वार्ता दिने, वक्तव्यबाट वाता आह्वान गर्ने–यी यस्ता भँगेरेटाउके शीर्षकलायक घटनाक्रमबीच ओझेल परेको एउटा तितो यथार्थ यहाँ कहनुपर्ने देखियो। अहिलेको थिति, मतिबाट को चाहिं श्रीमान् टिपेर न्यायालयको श्रीवृद्धि हुने प्रत्याभूति होला? कसलाई भर गर्ने, को राम्रो भनेर कसले मूल्याकंन गर्ने? न्यायाधीशहरुको हडताललाई कसले विर्को लगाइदिने? पद्धतिबाट आएको जागिरदारलाई आन्दोलनबाट हटाएपछि त्यसपछिका परिणतिलाई कसले सम्हाल्ने? यो नजिरको दुरुपयोग नहुने ग्यारेन्टी के?

वास्तवमा अहिले न्यायालय पूर्णतः निर्मूलीकरण (स्यानिटाइजेसन) गर्नुपर्ने अवस्थामा छ। त्यसका लागि आवश्यक रसायन कहाँ छ? त्यो रसायन भनेको राजनीतिक इच्छाशक्ति हो, जुन जागृत र प्रयोग हुनसक्ने उत्प्रेरक आधार बन्न सक्छन् सर्वोच्चका वहुमत न्यायाधीश (ह्याउ र वुद्धि भए सबै)। उनीहरुले भोली सबेरै संयुक्त राजिनामा लेखेर प्रधानमन्त्री र राष्ट्रपतिलाई बुझाउनसक्छन्। यसो गर्दा जागिर र भोलि सम्माननीय बन्ने लोभ त्याग्नसक्नुपर्छ। त्यसो गरेपछिको नैतिक दबाबलाई कुनै राजनीतिक व्यक्ति वा संस्थाले नकार्न सक्दैन। नकारेको खण्डमा नेपालको व्यवस्थै पलट गर्ने खेल हुने पक्का छ।

त्यति गर्दा पनि चोलेन्द्रले नछाड्ने भन्ने हुँदैन। त्यसपछिका विशेष राजनीतिक निर्णयहरुबाट उनी स्वतः हट्ने छन्। अटेर गरेको खण्डमा उनलाई कुनै पनि सजायको भागेदार बनाउन सकिन्छ।

यो हस्तक्षेपका लागि निर्विकल्प शक्ति प्रधानमन्त्री हो। प्रधानमन्त्री जनताले आफू शासित हुन निर्वाचित गरेको सर्वोच्च कार्यकारी हो। लिखित कानूनले तत्काल अर्थ्याउन नसकेका र न्यायालय स्वयम् परिवन्दमा परेका विषयलाई सल्टाउने काम कार्यपालिकाकै हो। प्रधानमन्त्री वेवकुफ हुनु भनेकै जनतै वेवकुफ हुनु हो।

प्रधानमन्त्रीले यस्तो अनपेक्षित घटनाक्रमबाट मुलुक र न्यायपालिकालाई न्यूनतम क्षतिमा बचाउने उपलब्ध एउटै उपाय हो–सर्वोच्चमा सकल पुनर्नियुक्ति। त्यसनिम्ति उनले तत्काल विशेष र निष्पक्ष कार्यदल बनाई पुनर्नियुक्तिको सिफारिस लिनसक्छन्। विवेकशून्य प्रधानमन्त्रीको परिकल्पना गरेर गणतन्त्र चल्दैन। र, यसलाई पनि उपाय नमानेर खोचे तर्क मात्र गर्ने हो भने यो देश यसै गरी चल्ने हो भनेर बस्दा कल्याण हुन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार र सिद्धान्तको बहस हुन्छ, न अजेन्डामाथि छलफल हुन्छ। बरु, नेतृत्वपंक्ति

‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि अझ 'स्पाईक प्रोटिन' समेतमा हुँदा वैज्ञानिकहरुले विगतमा देखिएका 'भेरियन्ट अफ

अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको जस्तो प्रगतिशील सोच भएको, २०४८ सालको जस्तो लोकप्रिय मत भएको

स्व. सूर्यबहादुर केसी
‘सूर्य दाइ’ को पोखरेली मानक

मानिस पिएचडी गर्दैमा वुद्धिमान होइन। सूर्य दाइको दिमाग गजव र गतिशील थियो। जहाँ हात हाल्यो, त्यहाँ सफल। उहाँलाई ‘गड गिफ्टेड