भक्तपुर हाइवे करीब–करीब खाली। तर जडिबुटी मनोहरा पुल कटेपछि अघिपछिकै जस्तो जाम। एकछिन नियालेपछि मोबााइल निकालेर भिडियो खिच्न थालें। कोटेश्वरदेखि नै बन्दकारीको ठूलो प्रदर्शन भएर ट्राफिक जाम परेको जस्तो लाग्यो। १० मिनेटको जाम खुल्दा जडिबुटी चोकमा रोचक–घोचक दृश्यहरु देखिए। सुरक्षाकर्मी अगाडि नबढ्न भनिरहेका थिए, परिचय नखुल्ने सर्वसाधारण पनि मानिसलाई डाइभर्ट गर्न खोजिरहेका थिए। सेनाका कर्मचारीलाई पनि बन्दले छोयो। गाडीबाट बाहिर आएर संयमित रुपमा भीड पन्छाउँदै अगाडि बढे उनीहरु।
सरकारले हिजोदेखि निर्धक्क आ–आफ्नो काममा जानु भनेर आत्मविश्वास देखायो, तर जनताले त्यो कुरा सडकमा सम्भव पाएनन्। सरकार स्वयम् नै भोलि जुलुस निकाल्दैछ, मुलुकको सबैभन्दा चल्तिको व्यापारिक केन्द्र दरबारमार्गमा। दायाँ हातले मोटरसाइकल सम्हाल्दै बायाँ हातले मोवाइलबाट भिडियो खिच्दै गर्दा नेपाली जनताले लामो समयपछि भोगेको नेपाल बन्दका अचम्मका दृश्यहरु कैद गर्न पाइयो।