कोरोना संक्रमणपछि सरकारले जिम, तथा व्यायामशालाहरू बन्द गरेको छ।
खुला ठाउँमा सार्वजनिकरूपमा भेला हुन पनि रोक लगाएको छ।
यसबाट संक्रमणअघि पार्क तथा खुला ठाउँमा हुने बिहानी योगाभ्यासहरु देखिन छाडेका छन्।
र, पनि मानिसले ‘मर्निङ वाक’ भने छाडेका छैनन्।
यी पशुपति क्षेत्रको बिहानीपखको दृश्य हुन्।
बिहानपख पैदल हिँड्नेको संख्या बढ्दै गइरहेको छ।
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि ‘बिहानी हिँडाइ’ फाइदाजनक मानिन्छ।
केही ठाउँमा शारीरिक स्फूर्तिका लागि मानिस ब्याडमिन्टन तथा टेबलटेनिसजस्ता खेल पनि खेलिरहेका हुन्छन्।










