पिसिआर मेसिन किनिदिने


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


प्रवासी झापालीको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर मेसिन खरिद गरििदने भएको छ। झापामा मेसिन खरिदका लागि दाता खोजी भइरहेका बेला समाजले उक्त निर्णय गरेको हो।

समाजको आइतबार सम्पन्न भर्चुअल मिटिङले पिसिआर ल्याबका लागि चाहिने मेसिन किन्न आवश्यक सहयोग गर्ने निर्णय गरेको समाजका उपाध्यक्ष नवीन पोखरेलले बताए। त्यसका लागि वरिष्ठ उपाध्यक्ष दीपक खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको उनले जानकारी दिए।

मेसिन खरिदका लागि ३० लाख नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कोरोना संक्रमितको संख्या बढेसँगै पिसिआर ल्याब स्थापनाका लागि झापामा विभिन्न संघसंस्थाबीच छलफल भइरहेको छ।

पिसिआर ल्याब निर्माणका लागि करिब १ करोड २० लाख रुपैयाँको लाग्ने र त्यसका लागि के कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्न अन्तर्राष्ट्रिय झापाली समाजको बैठक बसेको हो।

बैठकमा मध्यपूर्व, ओसिनिया, एसिया तथा युरोपका अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधिको सहभागिता थियो। झापा नेपालकै प्रमुख नाका भएको र सो नाकाबाट नेपाल आउने नेपालीको संख्या उल्लेख्य हुने भएकाले झापामा पिसिआर ल्याब आवश्यक महसुस गरिएको छ।

ल्याब स्थापना गर्नसके कोरोना रोकथाममा प्रदेश १ योगदान पुग्ने निष्कर्षमा समाज पुगेको पोखरेलको भनाइ छ।

अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थासँग सहकार्य गरेर काम सम्पन्न गर्न आफू लागिपरेको वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक खनालले भर्चुअल मिटिङमा बताए। उनले अस्ट्रेलियामा रहेका नेपालीलाई कम्तीमा १० डलर सहयोग गर्न अनुरोध गरेका छन्।

संस्थाका अध्यक्ष छत्र सुब्बाले बैठकमा सहजीकरण गरेका थिए। झापाली समाज अस्ट्रेलियाका अध्यक्ष उमेश पोखरेलले अन्तर्राष्ट्रिय झापाली समाजलाई  आफ्नाे संस्थाले .सहयोग गर्ने घोषणा गरेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रथम चरणमा झापाका १५ वटै पालिकालाई १ हजार ६ सय भिटिएमलगायत अन्य उपकरण प्रदान गरिसकेको छ। उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले जिल्लाका सबै पालिकामा पुगेर भिटिएम किट प्रदान गरेको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लगातार चौथो दिन पनि सेयर बजारमा हरियाली

काठमाडाैं – दिनभरीको तीव्र उतारचढावबीच अन्ततः बुधबार पनि नेप्से परिसूचक १८‌.०६ अंकले बढेको छ। कारोबार खुला भएकाे ११ मिनटमै बजार

नेपालमा सेवा विस्तार गर्ने उद्देश्यले सोनीलिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटिटी प्लेटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा नेपालमा विस्तार गरेको छ। यो ओटिटी प्लेटफर्म आइओएस,

नेप्सेको उकालो यात्रा जारी, मंगलबार पनि ७९ अंकले बढ्यो बजार

काठमाडाैं – केही दिन यता नेप्सेमा देखिएको सुधार मंगलबार पनि जारी रहेको छ। आइतबारदेखि निरन्तर बढेको नेप्से सूचक आज पनि

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद