झापामा मकै किसानको लगानी डुब्दै


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


‘बारीमा लगाएको मकैको एक घोगो पनि लागेन,’ झापा गौरादह नगरपालिका–९ तल्लो दहगाउँकी ईश्वरा पौडेलले दुखेसो गरिन्, ‘६ सय रुपैयाँ किलोको तीन किलो बीउ ल्याएर मकै रोपें तर पोली खाने पनि फलेन।’ 

उनले ५ कट्ठा जमिनमा लगाएको मकैको बोट सप्रेर आयो । हलक्क बढेको मकै हेर्दा राम्रो फलेछ भन्ने उनलाई लागेको थियो।        
‘एउटै मकैको बोटमा ५–६ वटासम्म सुत्ला पनि लाग्यो,’ उनले भनिन्, ‘तर घोगो लागेन बोट थारिएर बस्यो।’ सुत्ला नबढेको तर दाना नलागेको उनले बताइन्।

अठार सयको बीउ, मल, पानी लगाउँदाको पैसा खेर गएकोमा उनको चिन्ता छ। ‘पैसा त खेर गयो गयो, आफ्नो मिहिनेत र पसिना त्यत्तिकै खेर गयो,’ उनले दुखेसो गरिन्, ‘अहिले मकै हटाएर खेत खाली गर्न समस्या भएको छ।’

उनले राम्रो फल्ने र उन्नत जातको भनेर बीउ लगेर रोपेको सुनाइन्। ‘बेच्नेले त मलाई मात्रै होइन, अरुलाई पनि त बेचे होलान्। सबैको यस्तै त भयो होला नि,’ उनले भनिन्। 

ईश्वराले गाउँबाट किनेर लगाएको लोकल मकै भने राम्रै फलेको सुनाइन्। ईश्वरा र गणेशको मात्रै होइन, उनीहरूका छिमेकीले लगाएको मकै बारीमा नै ठाडै सुकेको छ।

उनको मात्रै होइन स्थानीय गणेश निरौलाले लगाएको उन्नत जातको मकै पनि फल्दै फलेन। गणेशले लगाएको मकै पनि सुत्ला च्यापेर त्यसै थारियो।

 

 

ईश्वराले गाउँबाट किनेर लगाएको लोकल मकै भने राम्रै फलेको सुनाइन्। ईश्वरा र गणेशको मात्रै होइन, उनीहरूका छिमेकीले लगाएको मकै बारीमा नै ठाडै सुकेको छ।

राम्रो फल्ने आसमा लगाएको मकै सुत्ला च्यापेर थारिनु र आगो लगाएजस्तै भएर जल्दा आफूहरू आश्चर्यमा परेको तुलसी सुवेदीले बताए। यस्तो हुँदा किसानलाई मात्र बेफाइदा भएको छैन, कृषि विज्ञका लागि चुनौती थपिएको सुवेदीको ठम्याइ छ। 

बारीमा मकै थारिने र जल्ने मात्रै होइन उत्पादित मकै नबिकेर किसानहरू हैरान छन्। लकडाउनका कारण पनि मकै बिक्री नभएको होला भनेर आफूहरू अहिलेसम्म चित्त बुझाएर बसेको किसानको भनाइ छ। 

साबिक महाभारा–५ झोडाका विनोद योङ्याले किसानले उत्पादित मकैको मूल्य नै नभएको बताए । ‘प्रतिकेजी १७ रुपैयाँ मात्रै मूल्य छ,’ कोरोना महामारीका कारण किसान मारमा परेको दाबी गर्दै योङ्याले भने, ‘नफल्ने मात्रै होइन, नबिक्ने समस्याले किसान पिरोलिएका छन्।’

यद्यपि किसानलाई यतिबेला धेरथोर जति फलेको मकै थन्क्याउन चटारो छ। लगानी गरेर फलाएको मकै भाँच्न नभ्याएर खेतबारीमा बोटबोटमै लत्रिएर रहेको छ भने कतिपय ठाउँमा भाँचेर भूइँमा त्यसै छाडिएको छ। कतिपय किसानले मकै छोडाएर सुकाउँदै थन्क्याउन थालेका छन्।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजमाण्डूको सेवा वीरगञ्जमा विस्तार

काठमाडौं – अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार भएको छ। काठमाडौं उपत्यकामा लोकप्रियता कमाएका भोजमाण्ड्रले आफ्नो सेवा

कोरोनाकालमा पनि दसैंको अभिन्न अंग बनेको नयाँ नोट

नेपालमा कोरोना संक्रमण केही घटेको देखिए पनि यसको जोखिम कायमै छ। यस्तो अवस्थामा पनि सर्वसाधारणले लाइनमा बसेरै नयाँ नोट साटे।

बैंकहरुकाे मनपरी ब्याजदर नियन्त्रण गर्न कडा नीति ल्याउँदै राष्ट्र बैंक

काठमाडाैं – पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले आफू खुसी ब्याजदर निर्धारण गरिरहँदा नेपाल राष्ट्र बैंकले भने कडा नीति अबलम्बन

दसैंमा सेवा दिने यी बैंक, कुनको शाखा कति बेला खुल्छ?

काठमाडौं – बैंकहरुले दसैंमा पनि सेवाग्राहीलाई सेवा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने