गोर्खा मिडियामा पाँच सहकारीको ८५ करोड अपचलन, रवि लामिछानेसहितलाई कारबाही सिफारिस

काठमाडौं- सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच वटा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ। 

सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर, कारबाहीको सिफारिस

काठमाडौं- सहकारी ठगी प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने दोषी ठहर भएका छन्।

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

काठमाडौं (एजेन्सी)- समुन्द्री मार्गबाट ​​फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ। फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो।

अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पमाथि फेरि हमलाको प्रयास

काठमाडौं- अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हमलाको प्रयास भएको छ। फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो। 

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन तोक्न प्रधानमन्त्रीलाई आयोगको सुझाव

काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको छ।

इन्द्रजात्रा आजदेखि प्रारम्भ

काठमाडौं- आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येंया पुन्ही पनि भनिन्छ।

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

काठमाडौं - क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन्। रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन्।

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीन जनाको मृत्यु

बाग्लुङ - बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक

काठमाडौं- एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन्।

राष्ट्र बैंकले अब दसैं-तिहारमा नयाँ नोट नदिने

काठमाडौं- हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ।

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ३६ जना घाइते

काठमाडौं- भारतको बिहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। 

सहकारी ठगी आरोपी रवि लामिछाने संसदीय समितको बयानमा

काठमाडौं - पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन्।

भारतीय बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो, भारतले केन्द्रीय मन्त्री पठाउँदै

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

सहकारी ठगी : पूर्वडिआइजी छविलाल जोशीसँग लिइयो बयान, पालो अब रविको

काठमाडौं - सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ।