विद्यार्थीलाई रेडियाे दिँदै, पढाउँदै


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


सरकारले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन गर्न निर्देशन दिएपछि त्यसको उपाय खोजीमा अधिकांश विद्यालयलाई सकस भएको छ।

तर, कतिपय विद्यालय वैकल्पिक विधि प्रयोगमा सक्रिय छन्। केही विद्यालय पठनपाठनमा सबै विद्यार्थीको पहुँच स्थापित गर्न नयाँ विकल्पको खोजी तथा प्रयोग गरिरहेका छन्।

त्यही मध्येको  एउटा सामुदायिक विद्यालय हो झापाको धुलाबारी मावि।  सो विद्यालयले आफ्नो आधार क्षेत्रभित्र नि:शुल्क रेडियो वितरण गरिरहेको छ।

विद्यार्थीलाई रेडियो शिक्षामा सहभागी गराउन मेचीनगर १० को धुलाबारी माविले रेडियो वितरण गरेको हो।

इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीलाई भर्चुअल कक्षा चलाइरहेको विद्यालयले रेडियोबाट पनि नियमित पठनपाठन गराइरहेको छ।

घरमा इन्टरनेट र कम्प्युटर भएका, कम्प्युटर भएका इन्टरनेट नभएका, टेलिभिजन भएका, रेडियो भएका, केही नभएका र फरक क्षमता भएका गरी विद्यालयले विद्यार्थीलाई ६ स्तरमा वर्गीकरण गरेको छ।

इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई स्थानीय तहमा रेडियो साथीमार्फत नियमित पठनपाठनमा सहभागी गराइएको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताए। रेडियोमा विषय शिक्षकले आफै कक्षा लिने गरेका छन्। 

विद्यालयले बिहान १० बजेदेखि ११:३० सम्म नियमित रेडियो शिक्षा कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँछ। सोही कार्यक्रममा थप विद्यार्थी  सहभागी गराउन आमा समूहलाई रेडियो वितरण गरिएको हो। 

शिक्षा विभागले जारी गरेको निर्देशिका अनुसार विद्यार्थीका अभिभावक मध्ये महिला समूहमा एक जना अध्यक्ष र अरु सबै सदस्य हुन्छन्। विद्यालयले आफ्नो आधार क्षेत्रका आमा समूहलाई २० वटा रेडियो वितरण गरिरहेको छ। सात वटा आमा समूहमार्फत २८ वटा रेडियो वितरण कार्य जारी राखेको छ।

इन्टरनेट र टिभीको सहज पहुँचमा नभएका विद्यार्थीलाई पठनपाठनमा  नियमित सहभागी गराउन रेडियो वितरण गरिएको प्रअ लुइँटेलले बताए। उनले आवश्यकता हेरेर थप रेडियो वितरण गर्न सकिने जनाए।

'भौतिक दूरी कायम गरेर एकपटकमा १० जना विद्यार्थीले रेडियो सुन्न सक्छन्', प्रअ लुइँटेलले भने, 'डेढ घण्टाको रेडियो शिक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी हुन्छन्। नियमित पठनपाठनका लागि यो एउटा प्रभावकारी उपाय हो।'

प्रत्येक दिन फरकफरक विषय र कक्षाको पठनपाठन हुने भएकाले रेडियो शिक्षा कार्यक्रम विद्यार्थीका लागि उपयोगी हुने विद्यालयको विश्वास छ।

अंग्रेजी माध्यमका ८० प्रतिशत विद्यार्थी भर्चुअल कक्षामा सहभागी भए पनि नेपाली माध्यमका विद्यार्थीको इन्टरनेटमा पहुँच नभएपछि रेडियो शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेर रेडियो वितरण गरिएको प्रअ लुइँटेलले बताए।

भर्चुअल कक्षामा पनि विषय शिक्षकले समय तालिका नै बनाएर कक्षा लिने गरेको सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले बताए। 'घरमा मोबाइल हुने विद्यार्थीका अभिभावकले मोबाइल बोकेर हिँडेपछि विद्यार्थी रेडियो सुन्नबाट पनि वञ्चित भए', सहायक प्रअ चौलागाईंले भने, 'विद्यालयले गरेको सर्वेक्षणपछि रेडियो वितरण गरिएको हो।'

भर्चुअल, रेडियो कक्षा सञ्चालन सँगसँगै विद्यालयले विभिन्न टिभीमार्फत सञ्चालन भइरहेका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराइरहेको छ। 

ती कार्यक्रममा पनि विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकको अनुगमनमा सहभागी गराइएको विद्यालयले जनाएको छ।

विद्यालयले सिआइएनमार्फत सञ्चालन भइरहेको रेडियो शिक्षा कार्यक्रममा पनि विद्यार्थीलाई सहभागी गराएको छ। सरकारले निर्माण गरेका पिडिएफ कोर्ष पनि विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ।

अधिकांश विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसकेको विद्यालयले सम्बन्धित विद्यार्थीलाई विषय शिक्षकको मोबाइल नम्बर उपलब्ध गराएर पठनपाठनमा सहजीकरण गरिरहेको शिक्षिका धनु भट्टराईले बताइन्।

गत शैक्षिक सत्रमा दुई हजार ४५० जना विद्यार्थी रहेको सो विद्यालयमा यसपटक पनि सो संख्यामा खासै फरक नपर्ने प्रअ लुइँटेलले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य