असारे विकास: १७ दिनमै ८४ करोड खर्च


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारको खर्च ह्वात्तै बढेको छ। 

चैत र वैशाख महिनाभरि ३९ करोड ८८ खाल ३३ हजार ९ सय १२ रुपैयाँ खर्च गरेको प्रदेश सरकारले असारको १७ सम्म मात्रै दुई महिनाको भन्दा दुई गुणा बढी खर्च गरेको छ। 

प्रदेश लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार असार महिनाको १७ दिनमा मात्रै ८४ करोड ६४ लाख ९ सय १५ रुपैयाँ ८४ पैसा खर्च गरेको छ।

वैशाखसम्म प्रदेशको पुँजीगत खर्च २० प्रतिशत मात्रै रहेकोमा असार १७ सम्म ३४.५५ प्रतिशत भएको प्रदेश लेखा नियनत्रण कार्यालय कैलालीका प्रमुख वासुदेव जोशीले बताए। 

यस्तै जेठ मसान्तसम्म २८ प्रतिशतमा सीमित सरकारी पुँजीगत खर्च १७ दिनमै ३४.५४ प्रतिशत पुगेको छ। यो १७ दिनमा मात्रै प्रदेश सरकारले विकासका नाममा ८४ करोड ६४ हजार ९ सय १५ रुपैयाँ (६ प्रतिशत बढी) रकम खर्च गरेको छ। 

प्रदेश लेखा नियन्त्राण कार्यालय कैलालीका अनुसार जेठ मसान्तसम्म प्रदेशको पुँजीगत खर्च ३ अर्ब ८१ करोड १४ लाख ९२ हजार १ सय ३० रुपैयाँ ९८ पैसा हो। 

असार महिनामा सो खर्च बढेर ४ अर्ब ६५ करोड १५ लाख ५७ हजार ४६ रुपैयाँ ८२ पैसा पुगेको छ।

जेठ महिनामा प्रदेशको १ अर्ब ८ करोड ८१ लाख ९१ हजार २ सय ६१ दशमलब ७ पैसा खर्च भएको छ।वैशाख महिनामा भने जम्मा २२ करोड १५ लाख ७१ हजार ८ सय ८६ रुपैयाँ ४५ पैसा खर्च भएको थियो। 

प्रदेश सरकारले चैत महिनामा १७ करोड ७२ लाख ६२ हजार ३५ रुपैयाँ मात्रै खर्च गरेको थियो। 

चालु आर्थिक वर्षका लागि कुल २८ अर्ब १६ करोड २० लाख ३५ हजारमा १० अर्ब १४ करोड १४ लाख (३६ प्रतिशत) मात्र खर्च गरेको हो। 

प्रदेशकाे विकास मन्त्रालयले वार्षिक बजेटको आधा बजेटको काम गर्न सकेका छैनन्। 

प्रदेशकाे मन्त्रालयमध्ये सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४५ प्रतिशतमात्र खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीले जानाएको छ।

भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेट ९ अर्ब ३९ करोड ४६ लाख रहेकोमा हालसम्म ४ अर्ब ३४ करोड २० लाख  ७ हजार ९ सय २४ रुपैयाँ खर्च गर्न सकेको छ। 

यस्तै सामाजिक विकास मन्त्रालयले ४ अर्ब ७० करोड बजेटमध्ये २ अर्ब १२ करोड (४५ प्रतिशत) खर्च गरेको छ। 

यस्तै उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयले ३२ प्रतिशत मात्र खर्च गरेको छ। 

मन्त्रालयको कूल बजेट दुई अर्ब ३० करोडमा ४७ करोड ३० लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख जोशीले बताए। 

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारीले ३६ प्रतिशत बढी रकम खर्च गर्न सकेको छैन। 

भूमि व्यवस्था मन्त्रालयको कुल बजेट दुई अर्ब ८० करोडमध्र्ये   १ अर्ब २२ करोड खर्च भएको छ। प्रदेशको चालू र पुँजीगत गरी हालसम्म ३९ प्रतिशत बढी छ।

जसमा पुँजीगत बजेट ३४ प्रतिशतमा सीमित हुँदा चालु बजेट भने ४३.५२ प्रतिशत खर्च भइसकेको छ। 

प्रदेशको पुँजीगततर्फ १० अर्ब ७७ लाखमध्ये अहिलेसम्म ४ अर्बमात्रै खर्च भएको छ। चालुतर्फको कूल बजेट १४ अर्ब ६९ करोड रहेकोमा ६ अर्ब ३९ करोड बढी खर्च भएको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा…

काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार बिहानदेखि

रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको