गाडी रोकेर प्रहरीले नै बिथाेल्यो बिहेको साइत


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


झापाको  झिलझिले प्रहरीले विवाहको गाडीलाई सडकमै  ५  घण्टा  रोकेर बिहेको साइत बिथोलिदिएको छ। सवारी पास नभएको बहानामा आफूहरूलाई सडकमा रोकेर बिहेको साइत नै बिथोलिदिएको बेहुला रोहितकुमार यादवले बताए।

बेहुलासहित १८ जना जन्ती बोकेर माइक्रो बस सिराहाबाट दुलही लिन झापा आएको हो। बेहुलासहित जन्तीलाई हिजो साँझ ५ देखि राजमार्गमा रोकेर राति पौने १० बजे प्रहरीले छोडेको हो।

झापा भद्रपुर ५ की बेहुली मनिका र  रोहितको विवाहको साइत राति सवा ९ बजेको थियो। जन्तीका अनुसार सवारी पासबिना जान पाइन्न भन्दै प्रहरीले बेहुला र जन्तीलाई घर फर्कन भनेको थियो। प्रहरीले अव्यावहारिक काम गरेको बेहुलाको गुनासो छ।

इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमलप्रसाद ठाकुर नेतृत्वको  टोलीले ना१ज ८८८५ नम्बरको माइक्रो रोकेको हो। बेहुला रोहितले भने, 'यस्तो व्यवहार गर्ने विवेकहीन इन्स्पेक्टर देखेकै थिइनँ।'

जन्तीले जरिवाना तिरेर जान दिन गरेको आग्रहलाई प्रहरी निरीक्षक ठाकुरले अस्वीकारको जन्तीको आरोप छ। ‘सवारी पास नभएको गाडी फर्काएर घरै लैजानुस् भन्दै प्रहरीले घण्टाैं तनाव दियो', जन्ती गएका एकजनाले भने, 'लकडाउनमा विवाह गर्न पाइँदैन, खुरुक्क घर फर्किनुस् भन्यो।'

प्रहरी निरीक्षक ठाकुरलाई व्यावहारिक पक्ष हेरेर छाडिदिन अरु प्रहरीले भन्दा पनि नमानेको एक जन्तीको भनाइ छ। आफूले पटक-पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुनै हालतमा नछाड्ने बताएर आफूलाई मानसिक तनाव दिएको बेहुलाले बताए।

सवारी चेकजाँचका क्रममा प्रहरीले उक्त माइक्रोबस नियन्त्रणमा लिएको थियो। 'मैले पटकपटक अनुरोध गरे सुन्न मान्नुभएन',  बेहुलाले भने, 'परिस्थिति नबुझ्दा हामीले ५ घन्टा सडकमा दुःख र मानसिक पीडा पायौं।'

प्रदेश प्रहरी प्रमुखलाई आफूहरूले भनेपछि  राति पौने १० बजे उक्त माइक्रो प्रहरीले छोडेको एक जन्तीले जनाए। माइक्रो पाँच जिल्ला पार गरेर आएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम