बन्दाबन्दीको अवधिमा ६३ मुद्दा दर्ता, २९ जना जेल चलान


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दाङमा बन्दाबन्दीको समयमा २९ जना जेल चलान भएका छन्। लकडाउनको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्दामा २९ जना जेल चलान भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले जानकारी दिएका छन्।

शुक्रबार अदालतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो जानकारी दिएका हुन्।

अदालतमा सबैभन्दा धेरै ज्यान सम्बन्धी कसूरका १७ मुद्दा परेका छन्। त्यस्तै करणीसम्बन्धी १४ वटा, सवारी ज्यानका १० वटा, वनसम्बन्धी ९, बालविवाह कसूरका ३, लागूऔषध र ठगीसम्बन्धी २-२ वटा र नागरिकतासम्बन्धी, अपमानजनक व्यवहार, गर्भपतनसम्बन्धी र हातहतियार खरखजना मुद्दा १-१ गरी ६३ वटा मुद्दाहरू दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश थापाले जानकारी दिएका छन्।

४९ जना धरौटी तारिखमा छुटेका छन् भने १२ जना साधारण तारिखमा छुटेको न्यायाधीश थापाले जानकारी दिएका छन्। उनका अनुसार २१ जना फरार रहेका छन् भने ४ जनालाई अभिभावकको जिम्मा लगाइएको छ। ६३ मुद्दामध्ये ६१ वटा मुद्दाहरू फैसला भएका छन्। जसमध्ये २९ मुद्दा भिडियो कन्फ्रेन्स प्रयोग गरिएको थियो।

त्यसैगरी अदालतले बन्दाबन्दीको समयमा ८३ वटा मुद्दामा म्याद थप, ५१ मुद्दामा पक्राउ अनुमति र १ सय ११ मुद्दामा जरुरी पक्राउ पूर्जीका अनुमति दिएको समेत जानकारी दिए।

अदालतमा यस आर्थिक वर्षको हालसम्म १ हजार १ सय ७१ मुद्दा फर्स्याेट गरेको जिल्ला न्यायाधीश थापाले जानकारी दिएका हुन्। फर्स्याेट भएमध्ये ५ सय ८८ मुद्दा जिम्मेवारी सरी आएका र ५ सय ८३ मुद्दा यसै वर्ष दर्ता भएका मुद्दाहरू रहेका छन्।

न्यायाधीश थापाका अनुसार अदालतमा गत वर्ष जिम्मेवारी सरेर आएका १ हजार ८२ र नयाँ दर्ता भएका १ हजार ५ सय ३६ गरी २ हजार ६ सय  १८ मुद्दा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई