झापामा एकै दिन थपिए २८ कोरोना संक्रमित


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


झापामा एकै दिन अहिलेसम्मकै उच्च कोरोना संक्रमित फेला परेका छन्। आज एकै दिन झापामा २८ जनामा संक्रमण पुष्टि भएको हो।  

संक्रमित त्यसमध्ये १४ जना मेचीनगर नगरपालिकाका छन्। बाँकी संक्रमित अर्जुनधारा, कनकाई, बिर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकाका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

भारतबाट आएर मेचीनगर १० स्थित राधास्वामी क्वारेन्टाइनमा बसेका मेचीनगरका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू मेचीनगर  ३, ५, ९, १०, १२, १४ र १५ का  भएको जनाइएको छ।  मेचीनगरका १४ जनामध्ये ४ महिला र १० पुरुष छन्। आज संक्रमित भएकाहरू २० वर्षदेखि ५५ वर्ष उमेर समू‍हका रहेको जनाइएको को छ। १४ जना थपिएसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ।

अर्जुनधाराका ८, कनकाईका २, हल्दिबारीका ३ र बिर्तामोडका एकजनामा पनि संक्रमण पुष्टि भएको छ। बिर्तामोड ३ स्थित मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बसेकी महिलामा कोरोना पुष्टि भएको हो।

उनी विदेशबाट आएको खुलेपनि उनको ठेगाना र फर्केको देशबारे बिर्तामोड नगरपालिकाले केही जनाएको छैन।  यसअघि बिर्तामोडका दुईजनामा संक्रमण पुष्टि भएको थियो।  

त्यस्तै अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्जुनधाराका २ जना महिलासहित ८ जनामा  संक्रमण पुष्टि भएको जनाइएको छ।

उनीहरूसँगै ३२ जनाको स्वाब संकलन गरी परीक्षण लागि पठाइएको थियो। अरुको रिपोर्ट नेगेटिभ आएको छ। यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई पुरुष निको भएर घर फर्किसकेका छन्।

अर्जुनधाराकी  दुई  वर्षीया बालिकासहित उनकी आमामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूको उपचार भइरहेको छ।

त्यस्तै कनकाई नगरपालिका-२ का पुरुष र वड ३ का महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ। उनीहरू विदेशबाट आएर चम्पापुर क्वारेन्टाइनमा बसेका थिए।

आज २८ जना थपएिसँगै जिल्लामा संक्रमितको सँख्या २७९  पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो