बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद हुँदा धनुषामा गोली चल्यो


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


बर्थिङ सेन्टर निर्माण गर्ने विषयमा विवाद हुँदा धनुषामा गोली चलेको छ। जिल्लाको विदेह नगरपालिका-२ दुहबीमा बर्थिङ सेन्टर निर्माण गर्ने विषयमा दुई पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। 

दुई पक्षबीच झडपहुँदा २० जनाभन्दा बढी मानिस घाइते भएका छन्। गम्भीर घाइते चारजनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको विदेह नगरपालिकाका मेयर बेचन दासले जानकारी दिएका छन्। झडप नियन्त्रण गर्न प्रहरीले तीन राउण्ड हवाइ फायर र पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको उनले बताएका छन्।

नगरपालिकाको दुहबीस्थित विद्यालय छेउमा बर्थिङ सेन्टर निर्माण सुरु गर्न लाग्दा वडा नम्बर ३ गोबराहीका स्थानियले अवरोध गरेपछि विवाद सुरु भएको मेयर दासको भनाइ छ। 

बर्थिङ सेन्टर निर्माण गर्दा जग्गा अपुग भएपछि नगरपालिकाले विद्यालयको खाली जग्गा प्रयोग गर्न खोजेको छ। तर, विद्यालय निर्माण गर्न गोबराहीबासीले समेत गरेकोले बर्थिङ सेन्टर निर्माण गर्नुपूर्व आफूहरूसँग सल्लाह नगरिएको भन्दै उनीहरूले विरोध जनाएको स्थानीयवासीहरूको भनाइ छ। 

दुहबीका स्थानीयवासीहरू गाउँभित्र छिरेर आक्रमण गर्नुका साथै बाख्रासमेत काटिदिएको गोबराहीका स्थानीयहरूको दाबी छ। दुहबीका स्थानीयले गोबराहीका कतिपय पसलमा समेत आगजनि गरेको उनीहरूको आरोप छ।

झडपपछि इलाका प्रहरी कार्यालय दुहबीमा भएको वार्तामा बर्थिङ सेन्टर निर्माण गर्ने सहमति भएको मेयर दासले बताएका छन्। 'बर्थिङ सेन्टर निर्माण गर्न दुबै पक्षबीच लिखित सहमति भएको छ,' मेयर दासले भने,' निर्माण कार्यमा कसैले अवरोध नगर्ने सहमति भएको छ, सहमति लगत्तै निर्माण कार्यसमेत सुरु भइसकेको छ।'

साथै झडपम घाइते भएकाहरूको उपचारका साथै झडपको क्रममा भएको धजनको क्षतिबारे छानबिन गर्न समेत समिति बनाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको

साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतर समूहमा रस्साकस्सी

नेपाली कांग्रेस संस्थापनइतरका नेताहरू आसन्न महाधिवेशनमा सभापतिका साझा उम्मेदवार दिने कसरतमा बिहीबार पनि जुटेका छन्। इतर समूहका केन्द्रीय सदस्यसहितका नेताहरू

भारतीय जनरल रावत सवार हेलिकप्टर दुर्घटनाका यी प्रत्यक्षदर्शी

उनले भने, 'मेरो नाम कृष्णस्वामी हो। म नान्जप्पा साइथीराममा बस्छु। म घरका लागि काठ लिन निस्केको थिएँ। पाइप फुटेकोले घरमा