नेपाललाई भारतको काखबाट खोसेर चीन लैजाँदैछिन् यान्छी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


धेरैजसो चिनियाँ कूटनीतिज्ञले आफ्नो विदेश नीतिलाई निकै गैरकूटनीतिक तरिकाले अगाडि बढाउने कोसिस गरिरहेका छन्। 

विशेषगरी हिमालयको काखमा रहेको ‘सानो देश’ (नेपाल) को मन जित्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  एक फरक तर, निकै शालिन तरिका अपनाइरहेकी छिन्। 

उनको काम गर्ने तरिका अरू कूटनीतिज्ञहरूको भन्दा अलि फरक छ। 

विश्वका धेरै मिडियाले कूटनीतिज्ञका लागि चीनलाई ‘वुल्फ वारियर्स’ जस्ता कडा शब्द प्रयोग गरिरहेका छन्। 

किनकी, चिनियाँ कूटनीतिज्ञहरू चीनको बचाउ गर्न अनेकन हतकण्डा अपनाउँछन्, र सत्यतथ्य तोडमोड गरी बिनाप्रमाण अरूलाई षडयन्त्र गरेको आरोप लगाउँछन्। 

हालैमात्र नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर भारतलाई चिन्ता हुनुपर्ने हो। नेपालले ती भूभागलाई नयाँ नक्सामा समावेश गरेको छ, जो भारतको ‘कब्जा’ मा छ र, नेपालले पनि त्यसमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेको छ। 

नेपाललाई चीनतर्फ ढल्काउन निकै महत्वपूर्ण मानिएको यो ‘सानदार सफलता’ का कारण चिनियाँदूत यान्छी अहिले नेपाल र भारतका सञ्चारमाध्यममा छाइरहेको वरिष्ठ पत्रकार ज्योति मल्होत्राले द प्रिन्टमा लेखेकी छिन्। 

चिनियाँ राजदूत यान्छीको नाम अहिले प्रत्येक नेपालीको जिब्रोमै झुन्डिएको छ। उनको कामको एउटा हिस्सा के हो भने नेपाललाई भारतको सांस्कृतिक काखबाट खोसेर चीनतिर लगिरहेकी छिन्। र, यसमा उनी सफल पनि भइरहेकी छिन्। 

नेपालमा चीनको प्रभूत्व बढी हुनुमा कैयन्ले भारतको कमजोर विदेश नीतिलाई दोष दिने गरेका छन्।

नेपाल–भारतले सीमा विवादलाई वर्षौंसम्म ध्यान दिएनन्, सीमाका विषयमा कुरा उठाएनन्। दुवै देशबीच मजबुत सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ तर पनि एकअर्कामा भरोसा, विश्वास छैन। 

नेपालले भारतको कब्जामा रहेका भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि दुवै देशको अवस्था झन बिगिँ्रदै गएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो खस्किँदै गरेको लोकप्रियता बचाउन आफ्ना जनतामा ‘उग्र राष्ट्रवाद’ को भावना जगाइदिए। नेपाल–भारत सीमालाई नयाँ सिरामा लैजाने ओलीको यो एक सफल प्रयास पनि हो। 

भारतभर नेपालका प्रधानमन्त्रीले भारतलाई अचम्मित पारेको भनिएको छ तर, यो कुनै अनौठो कुरा होइन। सन् २०१८ को चुनावमा ओलीले भारत विरोधी अभियान चलाएका थिए र भारतले नेपालको आन्तरिक मामिलामा ज्यादै हस्तक्षेप गरेको आरोप लगाएका थिए। 

ओलीले यस्तो भनिरहँदा चीनले आर्थिक तथा त्यस्ता अनेकौं सहयोग गरेको जस्तो गरेर नेपाललाई आफूतिर ढल्काइरहेको थियो। 

दुई वर्षदेखि राजदूत यान्छी चीनले नेपाललाई गरेको सहयोगबारे बढाइचढाइ गरी विश्वको ध्यान तानिरहेकी थिइन्।

चीनमा ट्विटर प्रतिबन्धित भए पनि यान्छी सबैभन्दा बढी ट्विटर चलाउने कूटनीतिज्ञमा पर्छिन्। चीनको छवि उच्च बनाउन र चीनलाई विश्वभर चिनाउन उनी ट्विटरको भरपुर प्रयोग गर्छिन्।

यान्छीको ट्विटरमा ४० हजारभन्दा बढी फलोअर छन्। उनी बारम्बार चीन नेपालको सम्बन्धबारे लेख्छिन्।

कहिले उनी ट्विटरमार्फत नयाँ वर्षको शुभकामना दिइरहेकी हुन्छिन् त कहिले फिल्मको टिकट उपहारका रूपमा बाँडिरहेकी हुन्छिन्। अनि कहिले नेपालका कलात्मक तस्बिरहरू सेयर गर्छिन् र कहिले नेपालीका ट्विट पनि रिट्विट गर्छिन्। 

यान्छीका अहिलेका ट्विट चीनलाई लाग्दै आएको कोरोना भाइरसको जानकारी लुकाएको आरोपको प्रतिवाद गर्नका लागि हुन्छन्। 
यसका साथै उनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा चीनले नेपाललाई  गरेको सहयोगबारे पनि निरन्तर ट्विट गरिरहेकी हुन्छिन्। 

र, यो सबै उनले एकदमै मौन तरिकाले गरिरहेकी छिन्। केही समयअघि नेपालको एक अंग्रेजी दैनिक पत्रिका ‘द काठमान्डु पोस्ट’ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणभन्दा बाहिर जानुमा चीन जिम्मेवार रहेको अर्थ दिने खबर छापिएको थियो। 

यो सन्दर्भमा उनले केही आपत्तिजनक शब्दहरू प्रयोग गरेर त्यो समाचारको खण्डन गरिन्। तर, उनी हरेक काम निकै चलाखीपूर्ण तरिकाले गर्छिन्। 

एकैछिन सरर उनको ट्विट हेर्दा पनि सजिलै थाहा पाउन सकिन्छ कि नेपाल चीनको नजिकिँदो सम्बन्धलाई यान्छीले कति सह्राना गर्छिन् भनेर। 

अप्रिलमा उनले नेपाली भाषामै ट्विट गरिन्– ‘पहाड र नदीसँग जोडिएका हामी छिमेकी हौं, हाम्रो सम्बन्ध अमर रहोस्।’ र, उनले हालैमात्र अर्काे ट्विट गरेकी छिन्– ‘परेको बेला सहयोग गर्ने नै असल मित्र हुन्छ। चीन सधैं नेपालको पक्षमा उभिइरहने छ।’
नेपालमा उनको सक्रियता तथा कूटनीतिक गतिविधि भारतीयभन्दा निकै फरक छन्। 

नेपालले सीमा विवाद समाधानका लागि वार्ता गर्ने प्रयास गरे पनि भारतले सधै नकारिरह्यो। चीनले नेपाललाई उक्साएको ठानेर भारतले नेपालको जायज मागलाई वार्ताका माध्यमबाट सम्बोधन गर्ने प्रयाससमेत कहिल्यै गरेन।

यान्छीको निकै ‘शालीन’ र ‘शान्त’ व्यवहारबाट यो थाहा पाउनै मुश्किल छ कि नेपाली कूटनीतिमा उनको दखल कति छ भन्ने। 

गुटउपगुटमा विभाजितभएको सत्तारुढ पार्टी कम्युनिस्ट पार्टी बचाउन यान्छीले महत्वपूर्ण भूमिका खेलिन्। यदि यान्छीको हस्तक्षेप हुने थिएन भने प्रधानमन्त्री ओली धेरै पहिला नै पदमुक्त भइसकेका हुन्थे। 

कूटनीतिक नियुक्तिमा कुनै देशमा आएकाहरू अक्सर त्यो देशको आन्तरिक राजनीतिक मामलामा प्रत्यक्ष हस्तक्षेप गर्दैनन् तर नेपालमा यस्तो हुँदैन।

भारतका लागि नेपाली राजदूत भइसकेका लोकराज बरालले नेपाली टाइम्सलाई दिएको एक अन्तर्वार्तामा ‘विदेश नीतिको सवालमा हामीले आफ्नै देशको माइक्रो म्यानेजका लागि पनि चीनलाई कुरिरहेका हुन्छांँ।’ 

र, उनले भनेका थिए– ‘चीनको यही रवैया केही समयअघि भारतको हुन्थ्यो।’ 

यो कुनै अनौठो कुरा होइन कि नेपालका लागि चिनियाँ राजदूत यान्छी अहिले भारतका लागि टाउको दुखाइ भइसकेकी छिन्। 

राजदूत यान्छी भारतका लागि समस्या बनेर आएकी छिन्। उनले नेपाललाई भारतबाट खोसेर चीनतर्फ लगिरहेकी छिन्।

केही समयअघि एक भारतीय टेलिभिजनले यान्छीका बारेमा टिप्पणी गरेको थियो– ‘नेपाल–भारत सम्बन्ध बिच्छेद हुनु पछाडिको दिमाग।’

बिबिसीबाट अनुवाद गरिएकाे


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण