बझाङ पहिरो अपडेट: दुईजनाको शव भेटियो


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


अबिरल वर्षासँगै बझाङको केदारस्यूँ गाउँपालिका-८ मेल्लेसमा गएको पहिरामा परिएकामध्ये दुईजनाको शव भेटिएको छ।

११ वर्षे प्रयाग जेठारा र सात वर्षीया अस्मिता जेठाराको शव भेटिएको स्थानीय सुरेश जेठाराले बताए।  उनका अनुसार समा पहिरो गाउँमा पस्दा चार परिवारका सातजना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा मेल्लेसका ४४ वर्षीया रामदेवी जेठारा, उनकी १५ वर्षे छोरी शान्ति जेठारा, ७ वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षे छोरा प्रयाग जेठारा छन्।

सोही ठाउँका नवराज जेठाराकी ११ बर्षिया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० बर्षे छोरा गिरिजा जेठारा र ८० बर्षे दले जेठारा पनि छन्। पहिरोमा परी अन्य व्यक्ति पनि वेपत्ता भएको हुनसक्ने भए पनि विवरण नआएको उनले बताए। 

शुक्रबार राति एक बजेतिर गाउँको विचमा बग्ने खोलाले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको उनले बताए। पहिरो आएको थाहा पाएपछि केही व्यक्ती भने घरबाट भागेर बाँच्न सफल भएका थिए। 

पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको जेठाराले बताए। 

दुई खोलाको विचमा गाउँ रहेका कारण घटना स्थलमा अझै पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य