प्रदेश १ मा दस दिनमा १५ जनाको मृत्यु , रेडक्रसले बनायो सेल्टर


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


विभिन्न घटनामा परेर १० दिनयता प्रदेश १ का ५ जिल्लामा १५ जनाको मृत्यु भएको छ। यी घटनामा सबैभन्दा बढी मोरङमा ८ जनाको मृत्यु भएको हो।

झापा, मोरङ, उदयपुर, इलाम र ताप्लेजुङमा भएका घटनामा उनीहरूको मृत्यु भएको हो। प्रदेश १ का बाँकी ९ जिल्लामा मृत्युको घटना भएको जानकारी नआएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश-१ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले खोलाले बगाउँदा, पानीमा डुबेर, चट्याङ र सवारी दुर्घटनामा परी उनीहरूको मृत्यु भएको जानकारी दिए।

घटना विवरणअनुसार शुक्रबार दिउँसो मोरङको जहदा गाउँपालिका–३ का १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीया रिक्की राजवंशीको  पोखरीमा  डुबेर मृत्यु भएको छ। करिब साढे १ बजे स्थानीय बह्मदेव राजवंशीको पोखरीमा पौडी खेल्न क्रममा रिक्कीको पोखरीमा नै मृत्यु भएको हो।दिनेशलाई उद्धार गरी उपचारका लागि कोसी अस्पताल विराटनगर पुर्‍याउनासाथ मृत्यु भएको हो। 

बिहीबार मोरङको बेलवारी नगरपालिका–९ घर भइ विराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ। राति साढे १० बजे सुत्नका लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको  प्रहरीले जनाएको छ।

सोही राति ११ बजेतिर विराटनगर महानगर–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु.४६प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर चालक  गम्भीर घाइते भएका थिए। विराटनगर महानगर-१६ का २३ वर्षीय प्रशान्त बस्नेतको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो। 

असार १० गते झापाको बाह्रदशी गाउँपालिका-६ कञ्चनबारीमा एक वर्षीया अनुषा टुडूको खाल्डोमा डुबेर मृत्यु भएको थियो। खेल्ने क्रममा घर नजिकै पानी जमेको  खाल्डोमा डुबेर उनको मृत्यु भएको हो। 

असार १२ गते मोरङको विराटनगर महानगर-१८ आईसीपी भवनअगाडिको  खाल्डोमा डुबेर सात वर्षीय अंकुश मण्डलको मृत्यु भएको थियो। पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीले देखेका थिए।  उद्धार गरी उपचारका लागि कोसी अस्पताल विराटनगर  पुर्‍याउनासाथ बालकको मृत्यु भएको हो।

त्यस्तै असार १२ गते नै मोरङको रतुवामाई नगरपालिका-५ गोविन्दपुरकी ५५ वर्षीया मायादेवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ। खोला किनारमा चौपाय चराइरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा १३ गते उनलाई  मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। 

झापाको शिवसताक्षी नगरपालिका-८ मा असार १३ गते ३ वर्षीय बालक संयमकुमार विष्टको पानीमा डुबेर मृत्यु भएको छ। कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो। मोरङको

कानेपोखरी गाउँपालिका-२ का ७३ वर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर असार १५ गते  मृत्यु भएको थियो। 
पहाडी जिल्ला ताप्लेजुङको श्रीजंघा-१ जौबारीका ७ वर्षीय रविन दर्जीको असार १५ गते कुलोमा डुबेर मृत्यु भएको छ।

असार १६ गते उदयपुरका दुई स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका-१३ का ३८ वर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। स्थानीय थलाहा खोलाले बगाउँदा सुनसरीगढी गाउँपालिका-२ मुसहरी टोलका ४२ वर्षीय बब्लु भनिने बलराम ऋषिदेवको मृत्यु भएको हो। 

सोही दिन  इलामको देउमाई नगरपालिका-५ का २५ वर्षीय हरिप्रसाद चापागाईं देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए। 

पूर्वमा वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ। पानी आएको समयमा नदी र खोला किनारमा नजान आग्रह गरिएको छ।

झापामा यस्तो छ तयारी 

यसैबीच बाढीको उच्च जोखिम क्षेत्रको रूपमा रहेको झापामा विपदबाट जोगिन तयारी सुरु भएको छ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्ला विपद् व्यवस्थापनको बैठकले स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन आग्रह गरिएको बताए।

उनले झापामा हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखेको जनाए। 

झापामा नेपाल रेडक्रस सोसाइटीले बाढीका बेला सुरक्षित रहन जिल्लाका विभिन्न ठाउँमा सेल्टर निर्माण गरेको छ। नेपाल रेडक्रस सोसाइटी झापा शाखाको समन्वयमा  निर्माण गरिएको सेल्टर तथा गोदाम घरको झापाका प्रमुख जिल्ला अधिकारी,

तीनवटै सुरक्षा निकायका प्रमुख, स्थानीय सरकार प्रमुख र रेडक्रसकर्मी, स्थानीयबासीले गोदामघर (कन्टेनर), सेल्टरसमेतको अनुगमन गरेको रेडक्रस सभापति लोकराज ढकालले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया