मास्क प्रयोग गर्न पनि प्रहरीले भन्नुपर्ने त?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम-४ स्थित माछाबजार चोक नजिक दुई प्रहरी ड्युटीमा खटिएका थिए। त्यसरी ड्युटीमा खटिनेमा एकजना असई र अर्का प्रहरी जवान रहेका थिए। दुवैजनाले हातमा लाठी बोकेका थिए।

चोकमा खटिएका ती दुवै प्रहरी सडकमा हिँडडुल गर्नेहरूलाई ‘मास्क किन प्रयोग नगरेको, मास्क प्रयोग गर्नुपर्छ’ भन्दै सम्झाइरहेका थिए।

मास्क प्रयोग नगरेका मोटरसाइकल, ट्याक्टर र ई-रिक्साका कतिपय चालकहरूलाई सवारी साधन रोक्न लगाएर मास्क खोइ त भन्दै प्रश्न गरिरहेका थिए।

प्रहरीले रोकेपछि कतिपयले खल्तीबाट झिकेर मास्क प्रयोग गरे भने कतिपयले खिल्ली उडाउँदै सवारी कुदाएर भागिरहेका थिए। सर्वसाधारणलाई मास्क प्रयोग गर्न सम्झाइ बुझाइ गर्ने ती दुबै प्रहरी बेलाबेला झोक्किएको पनि लागि रहेको थियो।

‘आफ्नै सुरक्षाको लागि हो यतिपनि बुझ्न नसक्ने कस्ता मानिस, मास्क प्रयोगपनि प्रहरीले नै भन्नुपर्ने’ थकित मुद्रामा देखिएका दुबै प्रहरी भन्किइरहेका थिए।

कोरोना महामारीपछि झण्डै साढे दुई महिनासम्मको लकडाउन खुकुलो भएपछि चहलपहलमा वृद्धि भएको छ। पसल, बजार, कार्यालयहरू सञ्चालनमा आइसकेपछि सडकमा भीडभाड बढेको छ।

तर, यसअघि रहेको कोरोना संक्रमणको त्रासमा भने कमी आएको छ। मास्कको प्रयोग घटेको छ भने सामाजिक दूरी कायम गर्नुपर्ने मान्यताको खिल्ली उडाइँदै छ, जनकपुर क्षेत्रमा।

जनकपुरमात्र होइन प्रदेश २ को प्रायः सबै स्थानमा यस्तै देखिएको छ। हुलका हुल बनाएर नारा जुलुस र प्रदर्शन भइरहेको छ। समाजिक दूरी कहिँकतै देखिएको छैन। कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको मापदण्डको उल्लंघन भइरहे पनि स्थानीय प्रशासन मौन भएर बसेको छ।

‘लकडाउनमात्र खुकुलो भएको हो, कोरोना संक्रमणको जोखिम अझै सकिएको छैन्,’ नेपाल स्वास्थ्यकर्मी संघ धनुषाका अध्यक्ष रामगुलाम कर्ण भन्छन्,‘लापारबाही गरिए अवस्था जोखिमपूर्ण हुनसक्दछ।

सावधानी अपनाउनु जरुरी छ।’ कोरोना महामारी अझै नसकिएको भन्दै उनले सबैले स्वयंसुरक्षाको पालन गर्नुपर्नेमा जोड दिए। कोरोना संक्रमण रोकथाम गर्न मास्क ठूलो हतियार रहेको भन्दै कर्णले कसैको दबाबको अवस्था आउनु दुःखद रहेको बताए।

खोइ त अनुगमन?

केही दिनअघि जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुर उद्योग वाणिज्य संघ र जनकपुर चेम्बर्स अफ कमर्सको संयुक्त बैठक बसेको थियो। बजार सञ्चालन गर्ने विषयमा बसेको बैठकले हरेक व्यवसायीले पसलमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क प्रयोग गर्नुपर्ने र मास्क नभएका उपभोक्तालाई उपलब्ध गराउनुपर्ने निर्णय भएको थियो।

साथै मापदण्ड पूरा भए नभएको अनुगमन गर्ने जिम्मेवारी उद्योग वाणिज्य संघ र चेम्बर्सलाई दिइएको थियो।

तर, उपभोक्तादेखि कतिपय व्यवसायीले समेत मापदण्ड पूरा गरेका छैनन्। कोरोना संक्रमण रोकथाम गर्न तोकिएको मापदण्ड कार्यान्वयन गर्न बजार क्षेत्रमा माइकिङ गर्ने कार्य भइरहेको जनकपुर उद्योग वाणिज्य संघले बताएको छ। 

‘संक्रमणबाट जोगिन सबैजना सचेत हुन जरुरी छ, सहमतिअनुसार सबैलाई तोकिएको मापदण्ड पूरा गर्न भनेका छौं,’ जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्र साह भन्छन्,‘अनुगमन पनि भइरहेको छ, पालना नगर्नेलाई सम्झाइ बुझाइ गरिरहेका छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा…

काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार बिहानदेखि

रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको