प्रतिष्ठानले पैसा मागेपछि जिल्ला बाहिर स्वाब पठाउँदै


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


कोरोना परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुल्क लिन थालेपछि दाङका स्थानीय तहरूले संकलन गरेको स्वाबको नमुना बाहिरी जिल्ला पठाउन थालेका छन्। 

सरकारले निशुल्क परीक्षण गर्ने भनेको कोरोना परीक्षण प्रतिष्ठानले एउटा नमुनाको ५ हजार ५ सय रुपैयाँको दरले रकम लिन थालेपछि स्थनीय तहरूले जिल्ला बाहिर पठाउन थालेको जनाएका छन्।

प्रतिष्ठानले हालसम्म कोरोना परीक्षण गरेरको स्वाबको पैसा माग गर्दै पत्र लेखेको थप परीक्षणका लागि स्वाब लिन नमानेपछि संकलित स्वाब परीक्षणका लागि भैरहवा पठाएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिएका छन्।

स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार प्रतिष्ठानले पहिलेको पैसा नबुझाउँदासम्म स्वाब लिन नमानेपछि प्रदेशसभा सदस्यसँगको समन्वयमा ३१ वटा स्वाबको नमूना भैरहवा पठाएको बताए। 

‘गाउँपालिका क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरेर पठाउँदा प्रतिष्ठानले स्वाब लिन मानेन्’, प्रमुख चौधरीले भने,‘प्रतिष्ठानले स्वाब लिन नमानेपछि हामीले भैरहवा पठाएका हौ।’ प्रतिष्ठानले गढवा गाउँपालिकाको ८ सय ८६ जनाको परीक्षण गरेको भन्दै ४८ लाख  ७३ हजार रुपैया माग गर्दै पत्र लेखेको थियो। उनका अनुसार गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा अझै ४१ जना रहेका छन्।

त्यसै गरेर प्रतिष्ठानले बंगलाचुली गाउँपालिकाले पठाएका १ हजार ४ सय ६८ जनाको नमुना परीक्षण गरेको भन्दै प्रतिष्ठानले प्रतिनमुना ५ हजार ५ सयको दरले एकमुष्ट ८० लाख ७४ हजार रुपैयाँ माग गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिएका छन्। अहिलेसम्म निशुल्क रुपमा परीक्षण भैरहेको समयमा प्रतिष्ठानले एकाएक अहिलेसम्म परीक्षण गरेको स्वाबको रकम माग गरेपछि समस्यामा परेको बताए। 

‘आइसोलेसनमा बसेकाहरूको कोरोना भए नभएको परीक्षण गर्नुपर्नेछ। तर, प्रतिष्ठानले परीक्षणका लागि प्रति स्वाब ५ हजार ५ सय माग गरेको छ,’ स्वास्थ्य शाखा प्रमुख जिसीले भने, ‘एकाएक प्रतिष्ठानले रकम मागरेपछि संकलन गरेको स्वाब नेपालगंज पठाउने तयारीमा छौ।’ स्वाब परीक्षणका लागि प्रतिष्ठानले रकम माग गरेपछि आइतबार विहान १५ जनाको स्वाब परीक्षणका लागि नेपालगंज पठाउने तयारी भएको उनले जानकारी दिए।

प्रतिष्ठानले स्वाब परीक्षणका लागि रकम माग्न थालेपछि अहिले घोराहीमा स्वाब संकलन नै बन्द गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ। भारतसहित तेश्रो मुलकबाट आएका करिव एक सय मानिसहरू क्वारेन्टाइनमा रहेपनि प्रतिष्ठानले परीक्षणका लागि रकम मागेपछि अहिले स्वाब संकलन गर्न नसकिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा इन्चार्ज विकेश रेग्मीले जानकारी दिएका छन्। उनका अनुसार घोराहीका प्रतिष्ठानमा परीक्षण गरेका २ हजार ७ सय  ८८ जनाको प्रति स्वाब ५ हजार ५ सयका दरले  १ करोड ६७ लाख रुपैयाँ प्रतिष्ठानले माग गरेको छ। 

‘अहिले स्वाब परीक्षणको प्रतिव्यक्ति ५ हजार ५ सयका दरले प्रतिष्ठानले रकम माग गरेको छ, त्यो उक्त रकम दिन सक्ने अवस्था छैन,’इन्चार्ज रेग्मीले भने, ‘तत्काल स्वाब परीक्षण गर्न समस्या भएपछि अहिले स्वाब संकलन गर्न छोडेका छौं।’  प्रतिष्ठानले जिल्लाका दश वटै पालिकाहरूलाई पत्राचार गरी हालसम्म गरिएको परीक्षणको रकम मागेपछि कोहीले पालिकाले स्वाब संकलन बन्द गरेका छन् भने कुनै पालिकाले स्वाब संकलन गरेर जिल्लाबाहिर नेपालगंज वा भैरहवा पठाउन थालेका छन्।  

प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले हस्ताक्षर गरेको पत्रमा अस्पतालमा नियमित परीक्षण गर्न आउने बिरामी घटेकाले अस्पतालको आम्दानी पनि घटेको, तर खर्च बढेको भन्दै हालसम्म गरिएका परीक्षणको एकमुष्ट शोधभर्ना माग गरिएको हो।

यसैगरी लमही नगरपालिकालाई पठाइएको पत्रमा सोही अवधिसम्म ४७१ नमुना परीक्षण गरिएको भन्दै २५ लाख ९० हजार ५ सय रुपैयाँ प्रतिष्ठानले मागेको छ। प्रतिष्ठानले हालसम्म गरिएको परीक्षणको शोधभर्ना नभएसम्म नयाँ नमुना नलिने भनेपछि पालिकाहरूले नेपालगञ्ज, भैरहवालगायतका स्थानमा स्वाबका नमुना परीक्षण गर्न पठाउन थालेका छन्। केन्द्र र प्रदेश सरकारको पहलमा पिसिआर मेसिन राखेर प्रतिष्ठानमा कोरोनाको परीक्षण हुँदै आएको थियो। स्वाब परीक्षणको चाप बढेपछि केही दिन पहिले प्रतिष्ठानले अर्को पिसिआर मेसिन पनि राखेर स्वाब परीक्षण गर्दै आएको छ।

तर, पीसीआर मेसिनको भुक्तानी बाँकी रहेको र प्रतिष्ठानको खर्च पनि बढेकाले सरकारले तोकेकै शुल्क अनुसार पालिकाहरूलाई शोधभर्ना गर्न भनेको प्रतिष्ठानले जनाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्वाब प्रतिष्ठानले लिन नमानेपछि तुलसीपुर उपमहानगरपालिकाको १ सय ७९, बबई गाउँपालिकाको ५३ र शान्तिनगर गाउँपालिकाको ३६ नमुना पीसीआर जाँचको लागि तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्समा राखेर भेरी अस्पताल नेपालगन्ज पठाइएको छ। 

त्यसै गरी गढवा गाउँपालिकाले ३१ र राप्ती गाउँपालिकाले ३३ जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाएका छन। कोरोनाको परीक्षण हालसम्म सबै सरकारी प्रयोगशालामा निःशुल्क हुँदै आएको छ। त्यस्तै अन्य कतिपय पालिकाहरूले भने स्वाब नै संकलन गर्न छोडेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया