सुप प्रदेशसभा प्रतिपक्ष- सरकारले दुईतिहाइको दम्भ देखायो


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


सुदूरपश्चिम प्रदेशको बजेट भाषणपछि विभिन्न माग राख्दै लगातार सदन अवरुद्ध गर्दै आएको प्रतिपक्षको असहमतिका बाबजुद प्रदेश सरकारले आइतबारको प्रदेश सभा बैठक सुचारु गरेको छ।

असहमतिका बाबजुद पनि बैठक सुचारु भएपछि प्रदेशका २ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाले सरकार दुईतिहाइको दम्भमा अघि बढेको भन्दै आपत्ति जनाएका छन्। 

प्रतिपक्षी दलहरूको अवरोधबीच सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन भएपछि बैठक छोडेर सदन बाहिर निस्केका दुई प्रतिपक्षी दलले पत्रकार सम्मेलन गर्दै विधि र प्रक्रिया विपरीत सरकारले दुईतिहाइको दम्भ देखाएर मुठभेड र अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन्। 

सरकारले आर्थिक वर्षको बजेट ल्याएपछि दुई प्रतिपक्षी दलले कोरोना नियन्त्रणसम्बन्धी यथेष्ट काम गर्न नसकेको प्रतिपक्षी दलले आरोप लगाउँदै आएका छन्।

क्वारेन्टाइन व्यवस्थित बनाउनुपर्ने, कोरोना नियन्त्रणका लागि खर्च गरिएको ९० करोड बजेटको विवरण सार्वजनिक गरिनुपर्ने, क्वारेन्टाइनमा रहेका नागरिकलाई पिसिआरपछि मात्रै घर पठाउनुपर्नेलगायतका माग राख्दै प्रतिपक्षी दलले बजेटपछि लगातार पाँचौंपल्ट प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए। 

प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाले आइतबार पनि बैठकमा असहमति जनाएका थिए। तर सभामुखले भने कुनै पनि सदस्यले असहमति नजनाएको भन्दै बैठक सुचारु गरे। 

प्रतिपक्षी दलले भने आफ्नो असहमति यथावत रहे पनि सरकारले दुईतिहाइको दम्भ देखाएर बैठक सुचारु गरेको जनाएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रतिपक्षलाई बेवास्ता गर्दै सदन सुचारु गरेर सरकारले मुठभेडको स्थिति ल्याएको बताए। उनले प्रतिपक्षी दलले यसअघि झै आज पनि बैठक सुरु हुनेबित्तिकै  सदनमा उठेर असहमति जनाएका थिए।

व्यक्तिगत भन्दा पनि प्रदेशवासीको हितको माग राख्दै आएको भए पनि सरकारले बेवास्ता गरेर जनतालाई अपमान गरेको नेता रावलको आरोप थियो। 

सदनमा उठेर असहमति जनाएका थिए। व्यक्तिगत भन्दा पनि प्रदेशवासीको हितको माग राख्दै आएको भए पनि सरकारले बेवास्ता गरेर जनतालाई अपमान गरेको नेता रावलको आरोप थियो। 

‘हामीले आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न नभई प्रदेशवासीलाई कोरोना कहरबाट बचाउन ठोस योजना ल्याउ भनेका हौं,’ रावलले भने, ‘सरकारले हाम्रो कुरै सुनेन, सरकारको यो कदमले जनताप्रति गैरजिम्मेवार रहेको प्रष्ट भएको छ।’ 

जसपा नेता कृष्ण चौधरीले प्रतिपक्षीलाई नटेरेर सरकारले कम्युनिष्ट शैली देखाएको आरोप लगाए। ‘विधि र प्रक्रिया बिर्सेर दुईतिहाइको दम्भमा सरकार अगाडि बढेको छ,’ उनले भने, ‘यो लोकतन्त्रविपरीत कार्य हो, सदनमा कम्युनिष्ट शासन लाद्न खोजिँदै छ।’ 

बजेट भाषणपछि लगातार सदन अवरुद्ध गर्दै आएका दुई प्रतिपक्षले आजको बैठकमा पनि आ–आफ्नो ठाउँमा उठेर नाराबाजी गरेका थिए। उनीहरूले लगातार नाराबाजी गरे पनि सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको बैठक अगाडि बढाएका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेटमाथिको छलफल सुरु होस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित गरेसँगै आजको प्रदेशसभा बैठक स्थगित गरिएको सचिवालय सचिव रामसिंह धामीले जानकारी गराए।

अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु

आजको मौसम : बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको