कञ्चन हत्या प्रकरण : तीन दिन बित्दा पनि दोषी पत्ता लागेन


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम उपमहानगरपालिका-२१ मा १० वर्षीया बालिका कञ्चनकुमारी पजियारको हत्या भएको तीन दिन बितिसक्दा पनि हत्यारालाई प्रहरीले नियन्त्रणमा लिनसकेको छैन्।

बुधबार बेपत्ता भएकी कञ्चनको शव शुक्रबार गाउँ छेउकै दुधमती नदी नजिक अर्धनग्न अवस्थामा बरामद भएको थियो। शवको प्रकृतिहेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

यद्यपि कञ्चनको हत्या तथा हत्यामा संलग्नबारे हालसम्म प्रहरीले केही स्पष्ट गरेको छैन्। प्रहरीले अनुसन्धानका लागि कुर्था घाटमा बस्ने एकजना अघोरी बाबासहित ४/५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले घटनाको अनुसन्धान भइरहेको र चाँडै सत्यतथ्य बाहिर आउने दाबी गरेका छन्। ‘घटनामा संलग्न हुनसक्ने आशंकामा ४/५ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘२० भन्दा बढी मानिससँग सोधपुछ गरिसकेका छौं, आज साँझ अथवा भोलि बिहानसम्म सबै कुरा प्रष्ट हुन्छ।’
कञ्चनको शव भेटेकै दिन प्रहरीले अघोरी बाबालाई नियन्त्रणमा लिएको थियो। 

घटना धामीझाँक्रीसँग त जोडिएको होइन् भन्ने प्रश्नमा डीएसपी कार्की भन्छन्,‘कञ्चनको हत्या विशुद्ध रुपले आपराधिक घटना हो, धामीझाँक्रीसँग कहिँकेही जोडिएको छैन्। चाँडै सत्यतथ्य बाहिर आउँछ।’

कञ्चनको बलात्कारपछि हत्या भएको आशंका गरिएपनि पोस्टमार्टमको रिपोर्ट अझै आइनसकेकोले यसबारे तत्काल केही भन्न नसकिने कार्कीले बताए।

स्थानीयका अनुसार कञ्चनको शव फेला परेको स्थान नजिकै रहेको आँपको बगैचामा लागुऔषध सेवन गर्न युवाहरूको समूह आउने गरेका छन्। लागुऔषध सेवन गर्ने युवाहरूले बलात्कारपछि कञ्चनको हत्या गरेको हुनसक्ने उनीहरुको आशंका छ।

डीएसपी कार्कीले आपसी दुश्मनीसहित सबै कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी अनुसन्धानको करिब करिब अन्त्यमा पुगिसकेका छौं, दोषी चाँडै सार्वजनिक हुन्छ,’ उनले भने।

दुई छोरा रहेको कञ्चनकी आमाले छोरी पाउन भाकल गरेकी थिइन्। परिवारकी एक्ली छोरी कञ्चन परिवारका सबै सदस्यकी प्यारी थिइन्।

यता, कञ्चन हत्याको तीन दिन बितिसकेपनि हत्यारा पक्राउ नपरेको भन्दै दोषीलाई कारबाही गर्न माग उठ्न थालेको छ। जनकपुरका विभिन्न संघसंगठनहरुले दोषीलाई तत्काल सार्वजनिक गरेर कारबाही गर्न माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका

सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका