सडक निर्माणका लागि वर्षैपिच्छे जाम गर्नुपर्ने?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम उपमहानगरपालिका-१६ स्थित पुलचोकका स्थानीयवासी हरेक वर्ष वर्षा याममा सडक जाम गर्छन्। सामान्य पानीमै हिलाम्य हुने सडकले दिक्क छन् त्यस क्षेत्रका वासिन्दा।

वर्षापछि सडक हिलाम्यहुँदा स्थानीय सरकारविरुद्ध प्रदर्शन गर्न बाध्य भएका छन् उनीहरू। सडक मर्मत गर्न पुलचोकका स्थानीयले हरेक वर्ष सडक जाम र प्रदर्शन गर्छन्। तर, उनीहरूको मागको सम्बोधन उपमहानगरपालिकाले कहिले गर्दैन।

विरोधप्रदर्शनपछि उपमहानगरपालिकाबाट पुगेका जनप्रतिनिधिले एक दुई टिप्पर ग्राभेल छर्नुबाहेक अरु केही नगर्ने गरेको स्थानीयको गुनासो छ।

वर्षाका कारण सडक फेरी हिलाम्य भएपछि आजित भएका उनीहरूले आइतबार फेरी पुलचोकमा ढाट लगाएर सडक अवरुद्ध गरेका छन्। धनुषाको पूर्वी क्षेत्र सहिदनगर, विदेह, सबैलालगायतका स्थानीय तह जोड्ने पुलचोकका स्थानीयहरूले सडकअवरुद्ध गरेपछि सवारी अवागमन पूर्ण रुपमा ठप्प भएका थिए।

सडक मर्मत सम्भार नुहँदा जलमग्न हुनुका साथै दैनिक दुर्घटना भइरहेको त्यस क्षेत्रका स्थानीयहरु बताउँछन्। ‘सडक निर्माण गर्न गत वर्षपनि हामीले सडक अवरुद्ध गरेका थियौं,’ स्थानीय धिरेन्द्र साह भन्छन्,‘सडकअवरुद्ध गरेर प्रदर्शन गरेपछि सिडिओ स्वयं आएर गत वर्ष नै सडक निर्माण हुने प्रतिवद्धता जनाएका थिए। तर, अहिलेसम्म बनेको छैन्।’

हुलाकी सडकअन्तर्गत रहेको उक्त सडक खण्ड निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिकका साथै सवारी साधन आवतजावतमा समेत समस्या उत्पन्न भएको छ।

वडा नम्बर १६ का वडाध्यक्ष रामअशिष पञ्जियारले हुलाकी सडक भएकोले उपमहानगर र वडाले केही गर्न नसक्ने प्रतिक्रिया दिएका छन्। सडक निर्माणलाई तिब्रता दिन प्रदेश र संघीय सरकारलाई पटक पटक तकेदा गरेपनि सुनवाइ नभएका उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद