दाङमा २१६ जना कोरोना संक्रमित डिस्चार्ज


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दाङमा कोरोना रोगलाई जितेर घर फर्कने दुई सय बढि पुगेका छन्। जिल्लामा कोरोना संक्रमण देखिएर उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी तथा पालिकाले निर्माण गरेका आइसोलेसन सेन्टरमा भर्ना भएका ५ सय ९० जना मध्य असार २१ गते आइतवारसम्म २ सय १६ जना व्यक्तिहरू कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन्।

उनीहरू कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एक सय १७ जना र बाँकी गाउँपालिकाले निर्माण गरेका आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन। कोरोना भाइरस जितेर घर फर्कने १ सय ८५ जना पुरुष र ३१ जना महिलाहरू रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ। केन्द्रका अनुसार कोरोना जितेर घर फर्कने सवैभन्दा धेरै घोराही उपमहानगरपालिकाका ९९ जना रहेका छन्।

त्यसैगरी बंगलाचुली गाउँपालिकाका ६९ जना, राप्ती गाउँपालिकाका १४ जना, लमही नगरपालिकाका ११ जना, तुलसीपुर उपमहानगरपालिकाका ९ जना,  गढवा गाउँपालिकाका १० जना, बबई गाउँपालिकाका ३ जना र राजपुर गाउँपालिकाका १ जना रहेको जिल्ला आपतकालिनकार्य सञ्चालन केन्द्रका बिनायक पौडेलले जानकारी दिएका छन्।

दाङमा हालसम्म सवैभन्दा धेरै कोरोना संक्रमित घोराही उपमहानगरपालिकामा २ सय ५८ जना रहेका छन्। उनीहरू मध्य २ सय २१ जना पुरुष र ३७ जना महिलाहरू रहेको छन्। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ४० जना पुरुष र ७ जना महिला गरि ४७ जना, लमहीमा १४ जना पुरुष र ७ जना महिला गरि २१ जना, गढवामा २९ जना पुरुष र ६ जना महिला गरि ३५ जना, राजपुरमा ९ जना पुरुष र ७ जना महिला गरि १६ जना कोरोना संक्रमितहरू रहेका पौडेलले जानकारी दिए।

पौडेका अनुसार बंगलाचुलीमा १ सय ३६ जना पुरुष र २० जना महिला गरि  १ सय ५६ जना, राप्ती गाउँपालिकामा १९ जना पुरुष र ८ जना महिला गरि २७ जना, बबई गाउँपालिकामा १४ जना पुरुष र दंगीशरणमा १ जना पुरुष र २ जना महिला गरी ३ जना र शान्तिनगर गाउँपालिकामा १० जना पुरुष र ३ जना महिला गरि १३ जना कोरोना संक्रमितहरू रहेका छन्।

दाङमा ३ सय ७३ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। उनीहरू मध्य घोराहीका १ सय ५८ जना, तुलसीपुरका ३८ जना, लमहीका १० जना,गढवाका २५ जना, राजपुरका १५ जना, राप्तीका १३ जना, बंगलाचुलीका ८७ जना, दंगीशरणका ३ जना, बबई गाउँपालिकाका ११ जना र शान्तिनगरका १३ जना कोरोना संक्रमित उपचारमा रहेका छन्। उपचाररत  ६५ जना महिला र ३ सय ८ जना पुरुषहरू रहेका छन्।

पिसिआर मेसिन ठप्प

यसैविच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षणको लागि राखिएको मेसिन दुईदेखि ठप्प रहेको छ। प्रतिष्ठानले कोरोना परीक्षणका लागि शुल्क लाग्ने बताएपछि स्थानीयले तहहरूले प्रतिष्ठानमा स्वाब पठाउन छोडेका छन्। प्रतिष्ठानमा कोरोना परीक्षणका स्वाव आउन छोडेपछि प्रतिष्ठानमा रहेका दुई वटा पिसिआर मेसिन बन्द रहेको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ।

तर प्रतिष्ठानले भने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार ल्याइएका स्वावलाई मात्र परीक्षण गर्ने जनाएको छ। तर अहिले स्वाव नआएकाले परीक्षण नभएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्। 

‘स्वास्थ्य मन्त्रालयले भने अनुसार नमूना आए प्रतिष्ठानले परीक्षण गर्नेछ', प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार देवले भने,‘नियमसंगत आउने स्वावको परीक्षण हुन्छ।’ उनका अनुसार प्रतिष्ठानले हालसम्म १५ हजार बढिको स्वाव परीक्षण गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई