प्रदेश राजधानीमा छाडा चौपायाको बिगबिगी, उपमहानगर बेखबर


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका सडकहरू अहिले चिल्ला भइसकेका छन्। पछिल्लो केहीवर्ष पूर्वसम्म जीर्ण रहेका अधिकांश मुख्य सडकहरू पक्कीमात्रै होइन, फराकिलासमेत भइसकेका छन्।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडकहरू निर्माण भएपछि मुहार फेरिएको छ, जनकपुरको। एक वर्षअघिसम्म पैदल हिंडडुल गर्न पनि कठिनाइहुने यहाँका सडकहरूमा अहिले गाडीहरू बिनारोकटोक कुद्ने भइसकेका छन्। पैदल यात्री हिंडडुल गर्न सडकको दुई छेउमा पेटीपनि बनेको छ।

तर, जनकपुरका चिल्ला सडक र पेटीहरूमा छाडा चौपायाको रजाइँ छ। बजार क्षेत्रमा मुख्य सडकका साथै भित्री गल्लीहरूमा समेत छाडा चौपायाको बिगबिगी बढेपछि सवारी साधनका साथै पैदल हिंडडुल गर्नेहरूलाई समस्या खेप्नु परेको छ। 

बाहिरबाट जनकपुर घुम्न आउने पर्यटकहरू समेत मुख्यबजार र जानकी मन्दिर वरपर सडकमा घुमिरहने छाडाचौपाया देखेपछि नाक खुम्चाउने गरेको दृष्य सहजै देख्न सकिन्छ।

उपमहानगरपालिका कार्यालयसम्म पुग्न स्वयं जनप्रतनिधिका सवारी साधनलाई छाडा चौपाया छलेर जानुपर्ने बाध्यता छ। अधिकांश समय सडकमै रहने छाडा चौपायाका कारण पटकपटक दुर्घटना भइरहेपनि नियन्त्रण गर्न उपमहानगरपालिकाले चासो देखाएको छैन्। 

जनकपुरको मुख्य क्षेत्र मानिएका राम चोक, मुरली चोक, भानु चोक, जनक चोकलगायतका स्थानहरूमा छाडा चौपायाको बिगबिगी नौलो समस्यापनि होइन्। यद्यपि, प्रमुख सरोकारबला निकाय उपमहानगरपालिका समाधान खोज्न भने पहल गरेको छैन्।

जनकपुरमा छाडा चौपाया नियन्त्रण ठूलो चुनौतीको रुपमा देखिएपनि उपमहानगरपालिकाले खासै नीति बनाउन नसकेको एक वडाध्यक्षले बताए। छाडा चौपायाका कारण जनकपुरको सौन्दर्यीकरणमा प्रभाव पर्नुका साथै पटक पटक दुर्घटनाहरू भइरहेपनि नियन्त्रण गर्न प्रभावकारी रणनीति बनाउन नसकेको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह बताउँछन्।

‘उपमहानगरको राम्रो छवि देखाउनपनि छाडा चौपाया नियन्त्रण हुनुपर्दथ्यो, बाहिरबाट आएकाहरू पनि सडकमा चौपाया देखेपछि नाक बिचकाउछन्,’ वडाध्यक्ष साह भन्छन्,‘नियन्त्रण गर्न उपमहानगरपालिकाबाट कुनै पहल भएजस्तो मलाइ लागेको छैन्।’ सडकहरूमा जथाभावी छाडा चौपाया देखिन थालेपछि सहर नै कुरुप बनिरहेको उनको भनाइ छ।

छाडा चौपायालाई नियन्त्रण गर्न उपमहानगर कार्यालय परिसरभित्र कञ्जी हाउसपनि निर्माण भएको छ। उपमहानगरपालिकाले कञ्जी हाउसको इञ्चार्जपनि तोकेको छ। तर, उचित व्यवस्थापन हुननसकेपछि पछिल्लोपटक कञ्जी हाउसभित्रै गाई मरेको एक वडाध्यक्षले बताए।

छाडा चौपाया नियन्त्रण गर्न उपमहानगरले प्रतिवद्धता नजनाएको पनि होइन्। हरेक वर्ष निती तथा कार्यक्रममा छाडा चौपाया नियन्त्रण गर्ने विषय प्राथमिकतासाथ समावेश हुँदै आइरहेको छ। तर, व्यवहारमा भने अझै लागु हुनसकेको छैन्।

‘हरेक वर्ष नीति तथा कार्यक्रममा छाडा चौपाया नियन्त्रण समावेश गरिन्छ, जनप्रतिनिधिहरूले प्रतिवद्धतासमेत जनाउने गरेका छन्,’ स्थानीय युवा सुशील कर्ण भन्छन्,‘जनप्रतिनिधिहरूको प्रतविद्धता भाषणसम्म मात्र सीमित भएको छ।’ छाडा चौपायाका कारण सडक फोहोर हुनुका साथै जनकपुरको साखसमेत खस्केको उनी बताउँछन्।

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झाले पनि छाडा चौपाया नियन्त्रण ठूलो चुनौती बनेको स्वीकार गर्छिन्। छाडा चौपाया नियन्त्रण गर्न आवश्यक प्रयास उपमहानगरपालिकाको तर्फबाट हुन नसकेको उनको स्वीकारोक्ति छ। जनकपुरभित्र छाडा चौपायाको संख्या बढेको आफूहरूले पनि महसुस गरेको उनले बताइन्।

‘छाडा चौपाया नियन्त्रण वास्तवमा ठूलो चुनौती बनेको छ, हामीले केही हदसम्म प्रयाससमेत गरेका छौं,’ उनले भनिन्,‘तर, त्यो प्रयास पर्याप्त भएन्।’ छाडा चौपाया नियन्त्रण गर्न नीति तथा कार्यक्रममा जोड दिइएको छ भन्दै उनले यस वर्ष जसरीपनि नियन्त्रण हुने उनले बताइन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको

साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतर समूहमा रस्साकस्सी

नेपाली कांग्रेस संस्थापनइतरका नेताहरू आसन्न महाधिवेशनमा सभापतिका साझा उम्मेदवार दिने कसरतमा बिहीबार पनि जुटेका छन्। इतर समूहका केन्द्रीय सदस्यसहितका नेताहरू

भारतीय जनरल रावत सवार हेलिकप्टर दुर्घटनाका यी प्रत्यक्षदर्शी

उनले भने, 'मेरो नाम कृष्णस्वामी हो। म नान्जप्पा साइथीराममा बस्छु। म घरका लागि काठ लिन निस्केको थिएँ। पाइप फुटेकोले घरमा