आँप खुवाउने प्रलोभनमा जनकपुरकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुर उपमहानगरपालिका-२१ की ११ वर्षीया बालिका कञ्चन पन्जियारको हत्यामा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको मलिहावाद जिल्ला काकोरी ग्रामपञ्चायत-११ बस्ने ३२ वर्षीय दिपु सिंह रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दिपुले जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। 

दिपुले ११ वर्षीया बालिका कञ्जनको बलात्कारपछि हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले बताए। दिपुले बगैंचाबाट आँप तोडेर दिने प्रलोभन देखाई कञ्चनको बलात्कार गरेर हत्या गरेको एसपी बस्नेतले बताए।

यसरी भएको थियो कञ्चनको हत्या 

१७ असार भैंसी चराउन घरबाट निस्केकी विनोद पजियारको छोरी कञ्चन अचानक बेपत्ता भइन्। भैंसी चराउन उनी गाउँनजिकै रहेको आँपको बगैंचामा पुगेकी थिइन्। 

कञ्चनलाई बगैंचामा आँप टिपेको देखेपछि कुर्थास्थित चौधरी र मिश्र इन्ड्रस्टिजमा करिब ४/५ महिनादेखि काम गर्दै आइरहेका दिपुले देखेका थिए। 

‘दिपुले कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाई ललाइफकाइ इन्ड्रस्टिजको पछाडिपट्टि बगैंचाको एकान्त कुनामा लगेर बलात्कार र हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी बस्नेतले भने। 

कञ्चनको हत्यापछि दिपुले आफूले प्रयोग गर्ने ब्ल्यान्केटमा बेरी गाउँनजिकै रहेको दुधमती खोलास्थित झाँडीमा शव फ्यालेर ब्ल्यान्केट करिब ५० फिट पर दिलीप चौधरीको खेतमा माटोले पुरेर राखेका थिए। 

प्रहरीले अनुसन्धानको क्रममा ब्ल्यान्केट फेला पारेको छ। 

यसरी पक्राउ परे दिपु
घटनाको जानकारी भएलगत्तै प्रहरीले अनुसन्धान सुरू गर्‍यो। अनुसन्धानको क्रममा प्रहरीले गाउँनजिकै बस्ने एक जना अघोरी बाबासहित २० जनालाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो। 

सोधपुछकै क्रममा प्रहरीले घटनामा दिपुको संलग्नताबारे प्रहरीले सुइँको पायो। कञ्चनको शव भेटिएको ठाउँभन्दा केही पर भेटिएको ब्ल्यान्केटले पनि प्रहरीलाई अपराधीको सुराक दियो। 

एसपी बस्नेत भन्छन्, ‘अनुसन्धानको क्रममा हामीले करिब २० जनासँग सोधपुछ गरेका छौं, धेरै प्राविधिक अनुसन्धानहरू भएको छ, खेतमा फ्यालिएको ब्ल्यान्केटले अपराधीसम्म समाउन सहयोग गरेको छ।’ 

एसपी बस्नेतले दिपुको डिएनए परीक्षणको तयारीसमेत भइरहेको बताए। प्रहरीले दिपुलाई आइतबार दिउँसो एक बजे उनी काम गर्ने इन्ड्रस्टिजबाट पक्राउ गरेको थियो। आफूले बलात्कारपछि कञ्चनको हत्या गरेको दिपुले स्वीकारेको एसपी बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका

सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका