किर्ते आरोपमा वडा सचिवसहित तीन पक्राउ


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जना वडा सचिवसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा सचिव धनबहादुर केसी र वडा नम्बर १३ को कार्यालयमा कार्यरत (खरीदार) लिलाजित नेपाली र वडा नम्बर १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुम बहादुर जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्।  पक्राउ परेका जिसी केटीका बुबा रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा पक्राउ परेका वडा सचिव केसी र खरिदार नेपालीले तत्कालीन समयमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

‘पक्राउ परेका वडा सचिवले २०५९ सालको जन्म मिति भएको पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं,’ प्रवक्ता खड्काले भने,‘पक्रउ परेका तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको छ।’

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा रहेका छन्। पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो। 

घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरीदारसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी नावय उपरीक्षक खड्काले जानकारी दिए। 

पक्राउ परेका वडा नम्बर १ का वडा सचिव वडा नम्बर १३ मा कार्यरत रहदा किर्ते गरेका आरोपमा प्रहरीले पक्राउ गरेको हो। मुलुकी अपराजध संहित २०७४ को परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) बमोजिम मुद्धा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाएको प्रवक्ता खड्काले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण