सांसद सरिता गिरीलाई कारबाही गर्न समाजवादी पार्टीद्वारा गठित कार्यदलको सिफारिस


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ सरिता गिरीलाई कारबाहीको सिफारिस गरेको छ।

समाजवादी पार्टीका नेता तथा सांसद रामसहायप्रसाद यादवको नेतृत्वमा गठन भएको कार्यदलले सांसद गिरीलाई कारबाहीका लागि सिफारिस गरेको हो।

यादवकाे कार्यदलले मंगलबार बसेको पदाधिकारी बैठकमा सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको हो। कारबाहीमा परेपछि नेतृ गिरीको सांसद पद गुम्ने छ। उनी समानुपातिकतर्फकी सांसद हुन्। 

‘राष्ट्रिय अखण्डताविरुद्ध बोलेको तथा पार्टीको औपचारिक निर्णयविरुद्ध गएकाले कारबाही गर्नुपर्ने निष्कर्षमा हामी पुगेका हौ,’ कार्यदलका एक सदस्यले आयोमेलसँग भने। 

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेपछि सांसद गिरीले संसदमा फरक मत दर्ता गराएकी थिइन्।

गत असार १ गते नै जनता समाजवादी पार्टीले संविधान संशोधनको विपक्षमा प्रस्ताव दर्ता गराएर विवादमा आएकी नेतृ सरिता गिरीलाई बर्खास्त गर्ने जानकारी गराइसकेको थियो।

प्रतिनिधिसभामा समानुपातिक सिटबाट सांसद बनेकी गिरीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी समाजवादी पार्टीले गरेको थियो।

प्रतिनिधिसभामा गिरीले पेश गरेको प्रस्ताव राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको र त्यसैले पार्टी र सांसद पद समेतबाट उनलाई हटाउनुपर्ने निष्कर्ष कार्यदलले निकालेको छ। 

पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र महतो तथा नेता बाबुराम भट्टराईले यस विषयमा छलफल गरिसकेका छन्।

त्यो भूमि नेपालको होइन भन्ने गिरीको अभिव्यक्ति र नयाँ नक्सालाई निशान छापमा समावेश गर्न ल्याइएको संविधान संशोधनको प्रस्तावविरुद्ध संसदमा छुट्टै सूचना दर्ता गराएपछि उनलाई कारबाही गर्नुपर्ने निष्कर्षमा पार्टी नेतृत्व पुगेको थियो।

यसअघि, उक्त प्रस्ताव फिर्ता गर्न समाजवादी पार्टी संसदीय दलले गिरीलाई सचेत गराए पनि पार्टी नेतृत्वलाई चुनौती दिँदै उनले प्रस्ताव फिर्ता दिइनन्। 

तर, राष्ट्रहित विपरीतको उक्त प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा २०७५ को नियम ११२ मा उल्लेखित शर्त पूरा नभएकाले संशोधन सूचनालाई अस्वीकृत गरिदिएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु