इमानका ‘रोलमोडल’ शैलेश


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


प्रहरी सेवामा प्रवेश गर्नुभन्दा अघिको कुरा हो। बिए पास गरेपछि शैलेश थापा क्षत्री बुबालाई भेट्न नाइट बस चढेर नेपालगन्ज गएका थिए। 

बुबा शम्भु थापा क्षत्री क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जको प्रहरी नायब महानिरीक्षक (डिआइजी) थिए। 

बसबाट ओर्लिएपछि थापाले बुबालाईल्यान्डलाइनमा फोन गरे, ‘म गाडीबाट उत्रिएँ, अब कता जाने हो?’

शम्भुले भने, ‘रिक्सा चढेर क्षेत्रीय प्रहरी कार्यालय कहाँ हो सोध्दै आउनू।’

पहिलोपटक नेपालगन्ज पुगेका शैलेशलाई त्यहाँको बारेमा केही जानकारी थिएन। शम्भुले छोरो आउँदा लिन गाडी पठाउन सक्थे। 

तर, शम्भु त्यो गर्न नरुचाउने स्वभावका थिए। उनी आफ्नो गाडीमा श्रीमतीलाई पनि चढाउँदैनथे। ‘यो मेरो लागि सरकारले दिएको गाडी हो, श्रीमतीका लागि हैन,’ शम्भु यस्तो तर्क गर्थे।

शम्भुको ‘रोलमोडल’ छवि नेपाल प्रहरीमा विरलै पाइन्थ्यो। बुबालाई राम्रोसँग देखेभोगेका शैलेशले पनि आफ्नो जागिरे जीवनमा त्यो ‘आदर्श’ पछ्याएको देखिन्छ। 

२०४९ वैशाख १९ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट जागिर सुरु गर्दा शम्भु बहालवाला डिआइजी नै थिए। डिआइजी भएको हिसाबले शैलेशलाई ‘भनसुन’ गरेर अगाडि बढाउन सक्थे। त्यो भनसुन चल्ने जमाना थियो। 

जान्नेहरूका अनुसार शम्भुले खासै वास्तै गरेनन्। बुबाले ख्याल नगरेका थापाले भने अपत्यारिलो गरी प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा पहिलो नम्बरमै नाम निकाले। 

‘उहाँले गरेको मिहिनेतको परिणाम थियो, बुबाको आदर्श पछ्याएर हिँड्नुभएकाले पनि त्यो सम्भव भयो,’ थापाका छिमेकी पूर्वइन्स्पेक्टर सञ्जय तिमल्सिना आयाेमेलसँग भन्छन्। 

प्रहरी महानिरीक्षक भएपछि ‘इमान’ डगमगाउला कि भन्ने चिन्ता स्वाभाविक रूपमै प्रकट हुन्छ। किनकि, शक्तिकेन्द्र ‘मिलाएर’ हिँड्ने प्रहरी नेतृत्वको मामिला त्यति सहज बाटो हैन। 

शैलेश र उनका बुबाकाे स्वभाव यदाकदा मिल्छ। शैलेश घरमा सहयोगीको रूपमा प्रहरी राख्दैनन्। आफ्नो गाडीमा अरूलाई चढाउँदैनन्। जे पायो त्यही गर्दैनन्। विवादमुक्त रहने र आफूले गरेको कामबारे प्रचार नगर्ने उनको ‘बानी’ छ। 

यिनै कारणले उनलाई प्रहरीमा ‘इमानदार’ चिनायो, इन्स्पेक्टरदेखि एआइजीसम्म एक नम्बर बनायो। 

प्रहरी महानिरीक्षक भएपछि त्यो ‘इमान’ डगमगाउला कि भन्ने चिन्ता स्वाभाविक रूपमै प्रकट हुन्छ। किनकि, शक्तिकेन्द्र ‘मिलाएर’ हिँड्ने प्रहरी नेतृत्वको मामिला त्यति सहज बाटो हैन। 

थापाको आफ्नो परीक्षण कसरी गराउँछन्, हेर्न बाँकी छ। 

त्यसो त थापालाई प्रहरी नेतृत्वसँग नजिक बसेर काम गरेको अनुभवले निखारेको होला भन्नेहरू पनि छन्। थापा इन्स्पेक्टरदेखि डिआइजी हुँदासम्म प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेका व्यक्ति हुन्। 

‘प्रहरी महानिरीक्षकले झेल्ने राजनीतिक-मनोवैज्ञानिक झमेलाबारे राम्रो जानकारी रहेकाले उहाँलाई संगठनको नेतृत्व हाँक्न अप्ठेरो देखिँदैन,’ उनका समकक्षी एक प्रहरी अधिकारीले भने। 

थापा भक्तपुर कटुन्जेका स्थायी बासिन्दा हुन्। उनी २०२५ साल मंसिर २३ गते जन्मेका थिए। 

जागिर सुरु गर्दा उनको पहिलो दरबन्दी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा थियो। 

त्यसपछि उनी सिन्धुपाल्चोक गए। त्यहाँबाट प्रहरी महानिरीक्षकको सचिवालय आए। त्यसपछि उनको पोस्टिङ सल्यान भयो। 

प्रहरी निरीक्षकका रूपमा पोस्टिङ भएका यी कुनै पनि ठाउँ ‘आकर्षक’ हैनन्। 

डिएसपी हुँदा थापा धादिङ, उही प्रतिष्ठान र प्रहरी महानिरीक्षकको सचिवालयमा बसे।

एसपी भइकन उनी दुईपटक कास्की र झापा जिल्ला गए। त्यसपछि उनी विशेष ब्युरो, प्रतिष्ठान र सचिवालयमै बसे। 

एसएसपी भएपछि पनि उनी कुनै ठाउँ गएनन्। काठमाडौं, अपराध महाशाखाजस्ता आकर्षक ठाउँमा उनको दरबन्दी कायम भएन। सचिवालय र प्रवक्ता भएर उनी प्रधान कार्यालय नै बसे। 

डिआइजी भएपछि उनी महानगरीय प्रहरी कार्यालय रानीपोखरी गए। उनी गएपछि नै महानगरीय प्रहरी आयुक्तको कार्यालय भनेर चिनिएको रानीपोखरीमा उनले ‘आयुक्त’ हटाइदिएका थिए। 

उनीभन्दा अगाडि रानीपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थियो। डिआइजीको दरबन्दी कायम भएपछि पद बेगरको ‘आयुक्त किन लेखाउनू’ भन्दै उनले हटाइदिएका थिए।

त्यसपछि उनी प्रहरी महानिरीक्षकको सचिवालयमै फर्के। प्रहरी प्रवक्ताको जिम्मेवारीमा फेरि काम गरे। 

उनको पहिलो चुनौती आफ्नो ब्याचबाट दुई डिआइजीलाई तुरुन्तै एआइजी नियुक्त गर्नु छ। उनका ब्याचमेटमा दुई अब्बल डिआइजी निरजबहादुर शाही र प्रद्युम्न कार्की छन्। दुवैलाई उछिनेर एआइजी बन्ने समूहको चलखेलबीच थापाले आफ्नो ‘इमान’ त्यहाँ देखाउने चुनौती छ।

तीन महिनाअघि एआइजी बढुवा भएपछि थापा मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत थिए। 

सरकारले मंगलबार थापालाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। थापा प्रहरी महानिरीक्षकको रूपमा २२ महिना रहनेछन्। 

उनको पहिलो चुनौती आफ्नो ब्याचबाट दुई डिआइजीलाई तुरुन्तै एआइजी नियुक्त गर्नु छ। उनका ब्याचमेटमा दुई अब्बल डिआइजी निरजबहादुर शाही र प्रद्युम्न कार्की छन्। दुवैलाई उछिनेर एआइजी बन्ने समूहको चलखेलबीच थापाले आफ्नो ‘इमान’ त्यहाँ देखाउने चुनौती छ।

बढुवामा अहिले राजनीतिक शक्ति केन्द्रको हालीमुहाली नै छ। बढुवाहरू पारदर्शी बनाउने चुनौतीबाट उनी सजिलै उम्किने छैनन्। गैरकानुनी लाभ उठाउने समूहको निर्देशनलाई सिधा अवज्ञा गर्न सकेमात्र उनको २२ महिने कार्यकालको स्मरण हुनेछ। 

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार प्रहरी संगठनमा एकदमै अविश्वास बढेर गएको छ। सरुवा-बढुवामा बाहिर दौडिने क्रम तीव्र छ। यसलाई रोक्ने चुनौती थापाको काँधमा छ।   

कोरोना भाइरसका कारण समाजमा आर्थिक, सामाजिक र मनोवैज्ञानिक कारण अपराध बढ्न सक्ने देखिएको छ। विरोध र आलोचनाका समूहगत गतिविधि बढ्न सक्नेछन्, तिनलाई नियन्त्रण गर्ने अर्को चुनौती छ।  

प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउँदै प्रमाणमुखी अपराध अनुसन्धानको दायरा बढाउने चुनौती छ। ‘परिणाममुखी अपराध अनुसन्धानले मात्र पुग्दैन, समयसापेक्ष ढंगले प्रमाणमुखी अनुसन्धान बढाउनुपर्ने देखिन्छ। ल्याबहरू बढाएर वैज्ञानिक रूपमै अनुसन्धानलाई प्रमाण संकलनतर्फ कार्य अघि बढाउनुपर्ने देखिन्छ,’ ठकुरीले भने। 

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार प्रहरी संगठनमा एकदमै अविश्वास बढेर गएको छ। सरुवा-बढुवामा बाहिर दौडिने क्रम तीव्र छ। यसलाई रोक्ने चुनौती थापाको काँधमा छ।   

सर्वेन्द्र खनालको कार्यकाल चलखेल र शक्तिकेन्द्रसँगको ‘हिमचिम’ ले ‘अविष्मरणीय’ बन्यो। उनको कार्यकालमा अपराध अनुसन्धानमा वर्षौंदेखि चलिआएको ‘कोभर्ट अपरेसन’ सिथिल भयो। ३३ किलो सुन प्रकरणमा अनुसन्धान गरेकै भरमा प्रहरी कर्मचारी जेल जानुपर्‍यो। बढुवामा आफू र शक्ति केन्द्रका ‘एस म्यान’ मात्र चयन गरियो। 

त्यसपछिका महानिरीक्षक ठाकुर ज्ञवालीको पाँच महिनाको कार्यकालमा विवाद र आलोचनाले बदनाम भएको प्रहरी संगठनको ‘छवि’ जोगाउन ‘झिनो’ प्रयास भएको छ। ज्ञवालीले सरुवा-बढुवाको बाहिरी दौड कम गर्न खोजेका थिए। 

पहिलो त उनको कार्यकाल मूल्यांकन गर्ने खालको रहेन। दोस्रो, उनी महानिरीक्षक भएपछि कोरोना संक्रमणतिर ध्यान केन्द्रित भयो। निर्मला बलात्कार-हत्या घटनामा उनले कामै गर्न पाएनन्। 

पूर्वडिआइजी ठकुरी भन्छन्- ‘निर्मला पन्त प्रकरण यस्तो गाँठोमा पुगेको छ कि त्यहाँ कोही छिरेर अनुसन्धान गर्नै डराउँछ। अनुसन्धानकर्मीलाई हतोत्साही गर्ने काम भएकाले कसैले आँट नै गर्दैनन्।’ 

थापाले निर्मला प्रकरणमा प्रहरीको ‘असफलता’ लाई निरन्तरता दिएर उम्किन पाउने ठाउँ छैन। 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य