मनसुन सक्रिय हुँदै, कहाँकहाँ हुन्छ भारी वर्षा?


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा तराई क्षेत्रको भुभागमा रहने देखिन्छ। यसले बिहीबार रातिबाट तराई र पहाडी भुभागका केही क्षेत्रमा भारी वर्षा गराउने आकलन गरिएको छ। मनसुन सक्रिय हुने देखिएपछि अब मुलुकमा लगातार वर्षा हुनसक्ने चेतावनी समेत महाशाखाले दिएको छ।

बुधबार पनि सातवटै प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। देशभर सामान्यदेखि भारी वर्षा हुने भएकाले सुरक्षा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा  हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले महाशाखाले  सतर्कता अपनाउन आग्रह गरेको हो।

भारी वर्षा हुने क्षेत्रका नदी, खोलामा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।

मंगलबार साँझ तीन दिनको मौसम सम्बन्धि जानकारी दिदै देशका सबै प्रदेशको मौसममा बद्ली आइ केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

यस्तो छ तीन दिनको मौसम 
बुधबार

दिउँसोः देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ। प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, कर्णाली र सुदूपश्चिमका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बिहीबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

शुक्रबार
दिउँसोः देशका अधिकांश भूभागमा पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका अधिकांश भूभागमा पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको