के अतिरिक्त सार्वजनिक बिदाले अर्थतन्त्रको उत्थान गर्न सक्ला?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


कोभिड-१९ महामारीको समयमा व्यवसायहरू बन्द भएर दसाैँ लाख मानिस कामबाट वञ्चित रहेका छन्। हाल राष्ट्रहरू फेरि पुनर्संचालनतर्फ फर्किरहेको अवस्थामा अर्थतन्त्रलाई पुनःउत्थान गर्ने उत्कृष्ट उपाय के हुनसक्ला? 

हरेक कर्मचारीलाई कामबाट फुर्सद दिनका लागि सार्वजनिक बिदा कार्यान्वयनमा ल्याउने। 

उपभोक्ताको व्यय प्रोत्साहित गर्न र संकटमा रहेका क्षेत्रलाई उर्जा दिन कम्तीमा ठूला अर्थतन्त्र भएका राष्ट्रहरूले यस प्रस्तावमाथि विचार गरिरहेका छन्। 

सार्वजनिक बिदाले नागरिकहरूलाई एक दिनका लागि भए पनि कामबाट फुर्सद लिएर आफ्नो रुचि पूरा गर्ने, यात्रामा निस्कने, साथीसंगी अनि परिवारका सदस्यसँग भेटघाट गर्ने र आफूलाई रमाइलो महसुस गराउन सरसामान खरिद गर्नेलगायतका अवसर प्रदान गर्छ। थप मनोरन्जनको समय उपलब्धताका कारण विशेषगरी पर्यटनसँग सम्बन्धित व्यापार र फुर्सदको खर्चमाथि यस्तो बिदाले सकारात्मक प्रभाव पर्दछ। 

सन् २०१८ मा गरिएको एक अध्ययनअनुसार एक दिनको बैंक होलिडे (आधिकारिक रूपमा बैंकको सेवा बन्द गरी दिइने बिदा) का कारण बेलायतका साना तथा खुद्रा पसल औसतमा ३ सय १४ अमेरिकी डलरबराबरको अतिरिक्त नाफा हात पार्न सफल भएका थिए। 
बेलायत र न्युजिल्यान्डका पर्यटनसँग सम्बन्धित निकायले कोभिड-१९ पछिको अर्थतन्त्र पुनःउत्थानलाई गति दिन नयाँ सार्वजनिक बिदा थप्ने दिशातर्फ काम गरिरहेका छन्। 

तर, यो योजना आफैंमा दुईधारे तरबार हो किनकि सञ्चालनमा रहेका ग्राहक र सेवाग्राहीको घुइँचो रहेका व्यवसायले अधिक लाभ लिन्छन्। उता हाल बन्द अवस्थामा रहेका र खुलेको समयमा एक दिनका लागि कर्मचारीको उत्पादकत्व अभावमा उनीहरूलाई उल्टै छुट्टीसहित पारिश्रमिक दिनुपर्ने उद्योगले थप आर्थिक भार खेप्नुपर्ने हुन्छ। 

यो योजनाको फाइदाभन्दा यसबाट चुकाउनुपर्ने मूल्य कतै भारी पो हुने हैन भन्ने विषयमा अर्थशास्त्री तथा नीति निर्माताहरूबीच आएको फाटोको कारण यी दुवै राष्ट्रले हाल उक्त योजना थाँती राखेका छन्। 

सार्वजनिक बिदाको वास्तविक मूल्य
कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धको फलस्वरुप बेलायतमा उपभोक्ता खर्चका लागि अति महत्त्वपूर्ण ठानिएको मे महिनामा दुई दिनको बैंक होलिडेमा रोक लगाइयो। 

कार्डद्वारा गरिने भुक्तानीको अनुगमन गर्ने एक निकायका अनुसार गत वर्ष सो दुई दिनको कामबाट पाइने विश्रामले बेलायतका साना र मझौला व्यवसायको व्यापारमा करिब एक करोड ४७ लाख अमेरिकी डलरबराबर वृद्धि ल्याएको थियो। तर यस वर्षको मे महिनामा (दुई दिनको बिदा अभाव) बन्दाबन्दीले यात्रु, व्यवसायी र पसलेलाई घरभित्रै सीमित गराएका कारण उपभोक्ता खर्चमा २६.७ प्रतिशत गिरावट आयो। 

उक्त क्षति पुनः हासिल गर्न सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सिइआरबी) ले अक्टोबर महिनामा अतिरिक्त बिदा दिन सकिएको खण्डमा उपभोक्ता खर्चमा आएको वृद्धिद्वारा बेलायती अर्थतन्त्रमा करिब ६ करोड २१ लाख अमेरिकी डलरबराबरको योगदान पुग्ने प्रक्षेपण छ। 

यस अवस्थामा सिइआरबीले केही समय अनिवार्य रूपमा लागू गरिएको खारेजीपछि फेरि सुचारु गरिने बैंक होलिडेले विशेष गरी आतिथ्यता र क्याटरिङका साथै खुद्रा बिक्रीको क्षेत्रलाई दोहोरो वृद्धि दिने विश्वास छ। 

बेलायतले आºनो अर्थतन्त्र विस्तार गर्न जरुरी छ। सम्पूर्ण विकसित मुलुकको अर्थतन्त्रमध्ये यसका व्यवसायहरूले विश्व महामारीबाट तंग्रिन संघर्ष गरिरहेको अवस्थामा बेलायती अर्थतन्त्रले सबैभन्दा बढी कष्ट झेल्नुपर्ने देखिएको छ। 

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टको एक आँकलनअनुसार सन् २०२० मा बेलायतको अर्थतन्त्रमा करिब ११.५ प्रतिशतको संकुचन आउने छ भने बेलायती अर्थतन्त्रलाई हालको अवस्थामा फर्कन करिब तीन वर्ष लाग्नेछ। 

यस सवालमा बैंक अफ इंग्ल्यान्डको प्रक्षेषण अझ निराशाजनक देखिएको छ। उसका अनुसार यस वर्ष बेलायती अर्थतन्त्र १४ प्रतिशतले खुम्चने छ, जुन पछिल्लो ३ सय वर्षभन्दा बढी समयकै सबैभन्दा नराम्रो अवस्था हुनेछ। पर्यटनको मात्र कुरा गर्ने हो भने यस क्षेत्रले कोभिड-१९ का कारण कम्तीमा पनि ४६ अर्ब अमेरिकी डलर जतिको क्षति बेहोर्ने जनाइएको छ। 

विदेशी पर्यटकले हालका लागि भ्रमण तालिका रद्द गरेको अवस्थामा थप सार्वजनिक बिदा दिइएमा आन्तरिक पर्यटनको क्षेत्रले केही भए पनि राहत पाउने छ। 

जुन महिनाको सुरुवातमा बेलायतका संस्कृति सचिव ओलिभर डोडेनले अक्टोबर महिनाका लागि योजना गरिएको बैंक होलिडेलाई ‘उत्कृष्ट योजना’ बताएका थिए। यद्यपि यस योजना कार्यान्वयनमा आउने सम्भावना भने निकै कम छ। बेलायतको व्यवसाय, उर्जा र औद्योगिक रणनीति विभागले सन् २०१२ मा बेलायती रानीको ६० औँ जन्मजयन्तीको अवसरमा दिइएको एकदिने बैंक होलिडेका कारण एक अर्ब पाउण्डबराबरको क्षति भएको दृष्टान्तसहित उक्त योजनाको विरोध गरेको छ।

उता न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्डा आर्डनले थप सार्वजनिक बिदाले आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने भन्दै त्यसबारे सक्रिय रूपमा विचार गरिरहेको बताएकी छन्। बेलायतझैं न्युजिल्यान्डलाई पनि अधिक मात्राको व्यय क्षमताको खा“चो छ भने यस वर्ष यस राज्यको कुल ग्राहस्थ उत्पादन ८.९ प्रतिशतले खुम्चिने बताइएको छ। 

सार्वजनिक बिदाले सहयोग गर्छ या हानी?
बेलायत र न्युजिल्यान्डले सार्वजनिक बिदालाई थप गर्न लागेको विषय त्यति नौलो भने पक्कै होइन। यी मुलुकहरूभन्दा अघि जापान, मलेसिया र इटालीजस्ता राष्ट्रले पहिल्यै आ-आफ्नाे पात्रोमा सार्वजनिक बिदाका दिन थप गरेका थिए। तर फरक-फरक राष्ट्रमा त्यसको परिणाम फरक-फरक देखिएको थियो। 

सन् २०११ मा इटालीको एकीकरणको १५० औँ वर्षगाँठको अवसरमा एकदिनको सार्वजनिक बिदा दिँदा सानो तर सकारात्मक प्रभाव परेको देखिएको थियो। तर अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सन् २०१५ मा यस प्रकारको एक दिनको बिदाले लाभभन्दा बढी घाटा गरायो। 

एक अध्ययनअनुसार उपभोक्ता खर्चमा अधिक वृद्धि आउँदा पनि अस्ट्रेलियाले १० करोड ४० लाख अमेरिकी डलरबराबर क्षति बेहोरेको थियो। 

सन् २०१७ मा मलेसियाको केन्द्रीय बैंकले गरेको एक अध्ययनले एकदिनको अतिरिक्त बिदाले कुल ग्राहस्थ उत्पादनमा करिब २० करोड २० लाख अमेरिकी डलरको नोक्सानी गराएको देखाएको थियो। 

‘उत्पादनमूलक गतिविधिमा कमी र लगानी मूल्यमा वृद्धि आउने हुनाले सार्वजनिक बिदाको अकस्मात घोषणा अर्थतन्त्रका लागि प्रत्युत्पादक र महँगो हुनसक्छ,’ बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको अफ्रिका र मध्यपूर्वी क्षेत्रका अर्थशास्त्री राजिया खानले फुर्सदको खर्च उपभोगको ठूलो हिस्सा हुने गरेका देशमा मात्र आर्थिक वृद्धिलाई गति दिन सार्वजनिक बिदाको अवधारणाले काम गर्ने बताए। –अनुवादित सामग्री


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,